आज:  | Sun, 28, Apr, 2024

निलकण्ठ प्रज्ञा प्रतिष्ठान (प्रज्ञा परिषद) को प्रथम बैठक तथा स्रष्टा जमघट कार्यक्रम सम्पन्न

३१ असार २०८०, आईतवार ०८:३६ मा प्रकाशित ( ९ महिना अघि) ४९७ पाठक संख्या
नारी बाटिका


संवाददाता भगवती उप्रेती

धादिङ,३१ असार  ।

नेपाली भाषा (साहित्य, दर्शन शास्त्र र संस्कृती, शास्त्र,स्रष्टा र कलाको जगेर्ना गर्न टेवा पुर्याउने सर्वोच्च प्राज्ञिक संस्था निलकण्ठ प्रज्ञा परिषदको पहिलो बैकठ शनिवर सम्पन्न भएको छ । २१०ओैँ भानु जयन्तीको अबशर पारेर आयोजना गरिएको उक्त प्रज्ञा प्रतिष्ठान (प्रज्ञा परिषद) का अध्यक्ष एव्ं लेखक बद्री प्रशाद दाहालको अध्यक्षता,प्रा.डा. रामचन्द्र लम्सालको प्रमुख आतिथ्यता तथा निलकण्ठ नगरपालिका तथा राष्ट्रिय नगरपालिका महाँसंघका अध्यक्ष भिम प्रशाद ढुंगानाको विषेश आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवं प्रा.डा.रामचन्द्र लम्सालले नेपाली समाज इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अङ्गिकार गर्नु पर्नेमा जोड दिनु भयो । यसैगरी स्रष्टा जमघट कार्यक्रमका सभाध्यक्ष तथा निलकण्ठ प्रज्ञा प्रतिष्ठानका सम्रक्षक समेत रहनु भएका मेयर भिम प्रशाद ढुंगानाले नगरपालिकामा जन्म लिएर देशका विभिन्न क्षेत्रमा छरिएर बसेका धादिङका स्रष्टाहरु लेखक,कृर्तीकार,गितकार तथा स्रजकहरुलाई नगरपालिकाको तर्फबाट आफुले खोजी गरी उचित सम्मान गर्दै जाने वताउनु भएको छ । उहाँले नेपाली भाषा,साहित्य,संस्कार र अनुशान सहितको शिक्षा बालबालिकामा प्रदान गर्नको लागी विद्यालय क्षेत्रमा शिक्षक,अभिवावक तथा सरोकारवालाहरुसंग बसी योजनाका साथ अघि वड्न तत्पर रहेको समेत वताउनु भएको छ ।

कार्यक्रममा सहभागी स्रष्टाहरुले नेपालको सम्पूर्ण साहित्य ,भाषा भाषी ,संस्कृतिको प्राज्ञिक खोज(अनुसन्धान गर्दै नयाँ संस्कृति निर्माण गर्नु पर्नेमा जोड दिएका छन् । यसैगरी आफ्नो स्वागत मनतव्यका क्रममा निलकण्ठ प्रज्ञा प्रतिष्ठानका  उपाध्यक्ष गणेश धमलाले   प्राज्ञिक क्षेत्रको समष्टि रूप नै प्रज्ञा हो ,भन्नु भयो ।

साथै भानु जयन्तीका अवसरमा आयोजित उक्त बैठक तथा स्रष्टा जमघट कार्यक्रममा निलकण्ठ नगरपालिका जन्म भई समाजलाई कविता,लेख,रचना,गित तथा विभिन्न कृर्तीहरुबाट सुसुचित र नेपाली भाषा,धर्म,संस्कृतीको जगेर्ना गर्नमा योगदान पुर्याउँदै आईरहेका धादिङका वरिष्ठ लेखक तथा कविहरु नारायण रेग्मी,प्रा.नारायण रेग्मी,प्रा.डा.बालमुकुन्द रेग्मी,डा.गणेश धमला,कवि राममणी दुवाडी,कवि हरी खनालले आफ्नो कृर्ती वाचन गरी सवैलाई मनमुग्ध पार्नु भएको थियो ।

यसैगरी वरिष्ठ कवि तथा लेखक डा.रामहरी लम्साल,डा.राम थापा क्षेत्री,स्रष्टा भगवती उप्रेती चन्द्र कु. रानामगर लगायतले कविता,भजन तथा रचना वाचन गर्नु भएको थियो । बैठक (स्रष्टा) जमघट कार्यक्रम कार्यक्रमका अध्यक्ष कवि,लेखक एवं् समाजसेवी वद्री प्रशाद दाहालले समग्र भाषाहरूको उत्थान र विकासमा जोड दिँदै निलकण्ठ प्रज्ञाप्रतिष्ठान सँग सधैँ समन्वय गर्दै अघि बढ्न स्रष्टाहरुलाई अनुरोध समेत गर्नु भयो । उहाँले स्रष्टाहरूको स्वतःस्फर्त रुपमा समाजलाई सही वाटोमा डोर्याउको लागी कवि तथा लेख्ने अधिकार सुरक्षित गर्नेमा आफू तत्पर रहेको बताउनु भयो ।

यस्तै यस प्राज्ञिक क्षेत्रको सर्वाङ्गिण विकासका लागि आफू लागि पर्ने बताउनु भयो । एकआपसमा सांस्कृतिक क्षेत्रको उन्नायन र सहकार्यका लागि आफू प्रतिबद्ध रहेको समेत बताउनु भएको छ । प्रतिष्ठान संन्चालनका लागी निलकण्ठ नगरपालिकाले रु,१० लाख बजेट विनियोजन गरेको थियो ।

सदस्य सचिव कवि एव्रं समाजसेवी सरल व्यक्तित्व तथा कार्यक्रमको उद्घोषण गर्नु हुंदै प्रकाश पौडेले यस प्रज्ञा प्रतिष्ठानको स्रष्टाहरुले तथार गरेका कृर्तीहरुलाई अभिलेख राखी सङ्ग्रहालयको रुपमा बिकास गर्नु पर्नेमा जोड दिनु पर्ने वताउँदै यस प्रतिष्ठान स्थापना पछी प्रतिष्ठानले सम्पन्न गरेका कार्यक्रमको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रमलाई ब्यवस्थित बनाउन प्रतिष्ठानका सदस्य विनोदमान श्रेष्ठ र सिर्जना अर्याल र हरी ब.सुनारको को विषेश भुमिका रहेको थियो ।

साथै तदर्थ समितीको रुपमा काम गर्दै आईरहेको उक्त प्रतिष्ठान शनिवार भएको एक कार्यक्रमका बिच तदर्थ समिती भंग भई लेखक वद्री प्रशाद दाहालको अध्यतामा सात सदस्य रहेको तपसिल अनुसारको
नयाँ कार्यसमिती सर्वसहमत रुपमा चयन भएको छ ।
अध्यक्ष ,वद्री प्रशाद दाहाल
उपाध्यक्ष,गणेश धमला
सदस्य सचिव,प्रकाश पौडेल
कोषााध्यक्ष,रिता थापामगर
सदस्यहरु,काशिका अर्याल(सिर्जना),सदस्य,विनोदमान श्रेष्ठ,हरीबहादु सुनार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस