आज:  | Mon, 29, Apr, 2024

धादिङ अस्पतालमा जटिल प्रकृतिको प्रसूती सल्यक्रिया ;अस्पातालको सेवा र काम सुधारउन्मुख

६ श्रावण २०८०, शनिबार ०७:३५ मा प्रकाशित ( ९ महिना अघि) ३५८ पाठक संख्या
नारी बाटिका


 

धादिङ अस्पतालमा जटिल प्रकृतिको प्रसूती सल्यक्रिया ; अस्पातालको सेवा र काम सुधारउन्मुख

धादिङ,६ साउन ।

धादिङ अस्पतालले सुक्रवार जटिल प्रकृतिको एक महिालको प्रसूती सल्यक्रिया गरेको छ भने पहिल्लो समयमा अस्पातालको सेवा र काम सुधारउन्मुख हुदै गएको देखिएको छ । शुक्रबार धादिङ सिद्धलेक गाउपालिका वडा न १ की २९ बर्षिय गर्भवती महिला पांचौ पटकमा गर्भ रहेकी र उनि बिहान अस्पतालको प्रसूती कक्षमा आईपुगेकी थिईन् ।उनिलाई डाक्टरको चेकजाँच पछि तुरुन्तै अप्रेसन गर्नु पर्ने अबस्था देखिएकोले अप्रेसन थ्रियटर रुममा लगी ईमरजेन्सी जटिल प्रकृतिको सल्यक्रिया भएको हो ।

बिहिवार राती ९ बजे बाट प्रसव पिडा बढ्दै जाँदा सुक्रवार बिहान पाठेघरबाट शिशुको हात निस्की ह्यान्ड प्रोलाप्स भएपछी गर्भवतीको सल्यक्रिया गरी सकुशल बच्चा निकालिएको थियो । सल्यक्रियामा डा.प्रदिता श्रेष्ठ, डा. रामचन्द्र रिजाल, एनेस्थोसिय असिस्टेन्ट संगीता छत्कुली, नर्स बिमला तिमल्सिना महरा र कार्यालय सहयोगी सन्जु रिजालको टिमले गरेको थियो । हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको धादिङ अस्पतालका सुचना अधिकारी रामचन्द्र रिजालले बताउनु भयो ।

जिल्लाकै ठुलो र स्रोत साधन भएको यस धादिङ अस्पतालललाई सामान्य बिरामीलाई पनि काठमाडौका विभिन्न अस्पतालहरुमा रिफर गर्ने अस्पतालको रुपमा  सर्वसाधारणले हेर्ने गरेका भएपनि पछिल्लो समयमा अस्पतालको सेवा सुविधाले अस्पतालको सेवा र कामलाई सुधारउन्मुख तर्फ गएको पाइएको छ । पछिल्लो समय धादिङ अस्पतालको सेवामा केही गुणस्तर अभिवृद्धि भएको पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस