आज:  | Sun, 28, Apr, 2024

जननायक बिपीको ४१ औँ स्मृति दिवसका अवशरमा नेपाली काँग्रेसद्धारा देशभर विभिद कार्यक्रम

६ श्रावण २०८०, शनिबार १७:२५ मा प्रकाशित ( ९ महिना अघि) ७३४ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

काठमाडौं, ६ साउन ।

आज जननायक बिपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवशरमा नेपाली काँग्रेस देशका सवै नगर,तथा गाउँपालिका र वडाहरुमा वृक्षारापण र विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका जननायक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी (विश्वेश्वरप्रसाद) कोइरालाको ४१ औं स्मृति दिवस आज (शनिवार) परेको छ ।

यसै सन्धर्वमाा नेपाली काँग्रेसले देशका सवै पालिका र वडाहरुम विविध कार्यक्रम गरेर ४१ औँ बिपी स्मृति दिवस मुलुकभर मनाइ रहेको छ । मुलुकको साहित्यिक क्षेत्रको विकास र देशलाई राणा शासनबाट मुक्त गर्न बिपीको महत्वपूर्ण योगदान छ । उनकै नेतृत्वमा नेपालमा एकतन्त्रीय एवं जहानीय राणा शासनको अन्त्य भएको थियो । राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विक्रम संवत २००३ सालमा बिपीकै अग्रसरतामा नेपाल राष्ट्रिय काङ्ग्रेसको स्थापना भयो ।

राणा परिवारबाटै विद्रोह गरेर सुवर्णशम्शेर लगायतले २००५ सालमा स्थापना गरेको नेपाली प्रजातन्त्र काङ्ग्रेससँग २००६ साल चैत २६ गते राष्ट्रिय काङ्ग्रेसको एकता भएपछि मुलुकमा सशस्त्र क्रान्तिको घोषणा भयो । यही सशस्त्र क्रान्तिको बलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना हुँदा जनविरोधी राणा शासनको अन्त्य हुन पुगेको थियो ।

मुलुकमा प्रजातन्त्र स्थापनापछि काँग्रेस–राणा सरकारमा बिपी गृहमन्त्री बने । विसं २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काँगे्रसले दुईतिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनु भयो । उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ४१ औँ स्मृति दिवस आज मनाइँ रहेको हो ।

राजा महेन्द्र शाहले सैनिक ‘कु’ गर्दा बिपी नेतृत्वको जननिर्वाचित सरकार १८ महिना पनि टिक्न सकेन । सेनाको शक्तिको आडमा सत्ताच्युत गर्दै बिपी लगायतका नेतालाई महेन्द्रले जेल हालेर मुलुकको प्रथम जननिर्वाचित सरकारको अस्तित्व समाप्त पारेका थिए ।

विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला सहित संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेश मान सिंह लगायत नेतालाई केही महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाइएको थियो । बिपी २०१७ सालपछि आठ वर्ष र २०३३ सालपछि दुई वर्ष जेल पर्नु भयो ।
विसं १९९२ मा ‘चन्द्रवदन’ कथा मार्फत मनो विश्लेषण वादी साहित्य क्षेत्रमा प्रवेश गरेका बिपीको दोषी चश्मा कथा सङ्ग्रह लगायतका कृति प्रकाशित छन् । उहाँले सुन्दरीजल बन्दी गृहमा एक दर्जन बढी साहित्यिक कृतिको रचना गरेका थियो ।

बिपीले आफू कारागारमा रहँदा ‘श्वेत भैरवी’ कथा संंग्रह तथा ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, बाबु,आमा र छोरा’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’ उपन्यास तथा ‘आफ्नो कथा’,‘जेल जर्नल’, ‘आत्म वृत्तान्त’ आत्मजीवनी लगायतका थुप्रै साहित्यिक कृतिको रचना गर्नु भएको छ ।

बिपीले प्रजातन्त्र स्थापना र पुनःस्थापनामा पुर्याएको योगदान, जेल जीवन लगायत विषयमा उहाँसँग गरिएको कुराकानीमा आधारित ‘आत्म वृतान्त’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर भारत निर्वासनबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगेपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ लगायत पुस्तक प्रसिद्ध छन् ।

बिपीलाई विसं २०२५ सालमा सुन्दरीजल बन्दी गृहबाट उपचारका लागि भनेर रिहा गरिएको थियो । रिहा भएपछि पनि उहाँ प्रजातन्त्र पुनःस्थापनाका लागि सक्रिय भएरै लागिरहे । कारागारबाट रिहा भएपछि भारत निर्वासनमा बसेर क्रियाशील रहेका बिपी राष्ट्रियतामाथि खतराको बादल मडारिएको ठहर गर्दै मृत्युदण्डको पर्वाह नगरी एकता र मेलमिलापको नीति लिएर विसं २०३३ मा स्वदेश फर्किनु भएको हो ।

स्वदेश फर्किएर मृत्यु दण्डका मुद्दाको सामना गर्दै उहाँले बहुदलीय व्यवस्था र सुधारिएको निर्दलीय पञ्चायत व्यवस्थाबीच जनमत संग्रह गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । जनमत संग्रहमा विभिन्न हत्कण्डा अपनाई बहुदल पक्षलाई हराइए पनि उहाँले परिणामलाई सहर्ष स्वीकार गर्नु भयो । प्रजातन्त्र पुनःस्थापनामा सक्रिय रहँदा रहँदै २०३९ साल साउन ६ अर्थात् आजकै दिन उहाँको निधन भएको हो । घाँटीको अर्बुद रोगबाट उहाँ पीडित हुनुहुन्थ्यो ।
प्रजातान्त्रिक समाजवादका व्याख्याताका साथै ‘सोसलिस्ट इन्टरनेशनल’ को उपाध्यक्षका रुपमा समेत बिपी सक्रिय हुनुहुन्थ्यो । उहाँको स्मृति दिवस विभिन्न संस्थाले विविध कार्यक्रम गरेर मनाउने गर्छन् ।

नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बिपी काँगे्रसजनमा मात्रै नभइ सिङ्गो मुलुकमा जनप्रीय नेताका रूपमा चिनिनु हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस