आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस, विश्वभर मनाइँदै

२०८० श्रावण १४, आईतबार मा प्रकाशित ( २ साल अघि) १०८९२ पटक पढिएको
नारी बाटिका


धादिङ १४ श्रावण ।

आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस,विश्वभर विभिन्न कार्यक्रम गरी आज मनाउने गरिन्छ । साथै यस वर्षको ‘बेचबिखनका (प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ ) भन्ने नारा सहित नेपालमा पनि दिवस मनाईने तयारी गरिदै छ । दिवशका नाराले भने बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको देखिन्छ ।

दिवस मनाउनुको मुख्य उदेस्य भनेको मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण रहन्छ । विषेश गरी बेरोजगारी,गरिबी तथा घरेलु हिंसा,लैंगिक हिंसामा परेका वर्गलाई मानब बेचविखनको निसाना बनाएको पाईन्छ ।

विश्व मानबधिकारका अवधारणाले भने सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।

पछिल्लो समयमा मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैर कानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ । संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ ।

हाम्रो समाजमा अधिकाँश बेचबिखनका घटनाहरु सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको निसानामा पर्ने गरेका छन् ।संयुक्त राष्ट्रसंघ अन्तर्गतको लागु औषध र अपराध सम्बन्धी कार्यालयका अनुसार विकास शील राष्ट्रहरूमा मानव बेचबिखन प्रतिको प्रतिक्रिया घट्दै गएको वताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस