आज:  | Sat, 27, Apr, 2024

आज साउन १५ अर्थात नेपाली प्रचलनमा खीर खाने दिन,स्वादिलो र पोसिलो दुध पाउनै कठिन

१५ श्रावण २०८०, सोमबार ०८:०६ मा प्रकाशित ( ९ महिना अघि) ७०७ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका डट्कम

१५ साउन ।

आज साउन १५ गते नेपाली परमपरा अनुसार खिर खाने दिन । तर पछिल्लो समयमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि स्थानिय स्तरमा पाईने मिठो स्वादिलो दही दुध पाउन कठिन भइसकको छ । अर्को तर्फ युवा जति विदेशमा पसिना बगाइरहेका छन् भने गाउँघर तथा हाम्रो समाजमा वृद्ध वृद्धा, बालबालिका तथा गृहणी महिलाहरु मात्रै  बाँकी छन् । त्यसमा पनि बच्चा पढाउन भनि बुहारी जति शहरमा  बस्छन् । वृद्ध सासु ससुराले मात्रै घर र सम्पत्तीको हेरचाह गर्दै सकेको काम गरी जिवनयापन गरिरहेको अबस्था छ ।

हाम्रा पुर्खाहरुको पालामा पाइने दुधको स्वादिलो र पोषिलो खीरको मौलिक स्वाद पनि हराउदै गएको छ। विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिन मात्र परम्परा धान्नकै लागी समाज गइरहेको छ।

छरछिमेकका घरमा खिर पाक्ने भएपछी देखाउनकै लागि भए पनि डेरीको दूध ल्याएर आफ्ना घरमा खीर बनाएर खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको बुझाइ छ। भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको दूधले खीर पाक्न थालेकाले खीरको मौलिक स्वाद लोप हुँदै गएको बुढापाकहरु बताउछन् । ‘

गाउँमा गाईभैँसी पाल्न छोडिसके, बजारबाट दूध ल्याएर प्रेसर कुकरमा सिटी लगाएर बनाइएको खीरमा पहिलाको जस्तो स्वाद कहाँ पाउनु’ ? हिजो आजका केटाकेटीलाई खीर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहै नहुने हो की भन्ने चिन्ता पनि बड्दै छ ।

गाईभैँसीको दूधमा रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने हुँदा खीर बनाइ सेवन गरेमा शरीरलाई पोषण तत्त्व प्राप्त हुने आयुर्वेदमा उल्लेख छ। त्यस्तै वर्षा ऋतु, झरी–बाँदलका बेला र साउन महिनाको मध्यमा खीर खानाले शरीर स्वास्थ हुने भएकाले साउन १५ लाई खीर खाने दिनको रुपमा मनाउन थालिएको बताइन्छ ।

बर्सेनि आजका दिन बजारका डेरी पसलमा साविकको भन्दा पाँच गुणा बढी दूध खपत हुन्छ । आजको दिन जति बढी दूध थपिए पनि सबैको माग पूरा गर्न सकिने अवस्था हुदैन । सरकारी तथ्याङ्क अनुसार देश दही दूधमा आत्मनिर्भर भएको देखिन्छ । प्रति व्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्नेमा अहिले ७८ लिटर दूध प्राप्त हुने देखिएको १३ लिटर दूध मात्र अभाव भएको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ।

दुग्ध उत्पादनका लागि मात्रै देशमा करिब ३० अर्बको लगानी भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ। कृषि क्षेत्र मध्ये दूधमा गरिएको लगानी दोस्रो स्थानमा रहेको वताईन्छ । तर बेला बखतमा हामी सुन्ने गर्छौ नेपालमा दुधको अभाव भएर भारतबाट दही दुधको आयत गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस