आज:  | Thu, 01, May, 2025

नेपाल नगर महाँसंघ एवं: नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानालाई पितृ शोक

१९ श्रावण २०८०, शुक्रबार १९:०९ मा प्रकाशित ( १ साल अघि) ३११९ पटक पढिएको
नारी बाटिका


धादिङ,१९ साउन ।

नेपाल नगर महाँसंघ केन्द्रिय अध्यक्ष एव् धादिङको नीलकण्ठ नगरपालिकाका मेयर  भीम प्रसाद ढुंगानालाई पितृ शोक परेको छ। मेयर ढुंगानाका बुबा पञ्चायती कालका प्रधानपञ्च हुनुहुन्थ्यो तर तेतेबेलाको समयमा राजनितिक दलका पक्षमा आवाज उठाउन सक्ने अबस्था थिएन  र पनि उहाँको भित्री आस्था भने नेपाली काँग्रेसमा थियो ।

निकै पुराना र हक्की नेता, जनताको पनि प्रिय ब्यक्ति हुनुहुन्थ्यो । उहाँ भुतपुर्व प्रधानपन्च समेत रहनु भएका सोमनाथ ढुंगानाको १०७ बर्षको उमेरमा आज उहाँकै निवासमा अपराह्न ४ बजेतिर निधन भएको छ । श्वास प्रश्वास सम्बन्धी समस्या रहेको ढुंगानाको धादिङबेसी स्थित आफ्नै निवास मनकामना टोलमा आज अपराह्न ४ बजे निधन भएको हो।

नेपाली काँग्रेसको राजनीतिमा संक्रिय रहनु भएका ढुंगाना नेपाली काग्रेस धादिङका पुराना र जनप्रिय नेता हुनुहुन्छ । सामाजिक काममा समेत संक्रिय रहनु भएका सोमनाथ ढुंगानाको आजै दाहसँस्कार गरिने पारिवारीक श्रोतले जानकारी दिएको छ। थोपल खोला स्थित मरणघाटमा ढुुंगानाको आजै अन्त्यष्टि गरिने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस