आज:  | Sun, 05, May, 2024

राजनीतिक भागबन्डा नमिल्दा लामो समयदेखि आयोग अध्यक्ष विहीन त्रिविमा, ६ हजारको नियुक्ति रोकियो

२१ श्रावण २०८०, आईतवार ०७:३७ मा प्रकाशित ( ९ महिना अघि) ४४७ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२१ साउन ।

राजनीतिक भागबन्डा नमिल्दा लामो समयदेखि आयोग अध्यक्ष विहीन रहेको त्रिविमा, ६ हजार पदको नियुक्ति रोकिएको छ । त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अध्यक्ष विहीन भएको एक वर्ष पूरा भए पनि नयाँ नियुक्तिको लागी पहल समेत भएको देखिदैन।

आयोगका तत्कालीन अध्यक्ष प्राडा लालुप्रसाद पौडेलको तीन वर्षे कार्यकाल गत वर्ष २०२९ साउन १८ गते सकिएको थियो। विश्वविद्यालयका लागि आवश्यक पर्ने सबै प्रकारको जनशक्ति छनोट गरेर सिफारिस गर्ने निकाय एक वर्ष देखि नेतृत्व विहिन रहदा पनि नयाँ नियुक्तिको लागी प्रक्रिया भएको छैन । अध्यक्ष नियुक्त हुन नसक्दा प्राध्यापक तथा कर्मचारीका लागि खुला प्रतिस्पर्धाको विज्ञापन मनि खोल्न सकिएको छैन। यसअघि विज्ञापन भएर आवेदन दिएका सात सय उपप्राध्यापकका लागि लिखित परीक्षा पनि सञ्चालन हुन सकेको छैन।

त्यसैगरी लिखित परीक्षामा उत्तीर्ण भइसकेका केही प्राध्यापकको अन्तर्वार्ता पनि रोकिएको छ। बढुवा प्रक्रिया पनि रोकिएको छ। बढुवाको दिन पर्खेर बसेका थुप्रै प्राध्यापक तथा कर्मचारी सेवा निवृत्त भएर घर फर्किसकेका छन्। सेवा आयोगका प्रशासकीय अधिकृत केदार ढकालका अनुसार एक वर्षको अवधिमा प्राध्यापक र कर्मचारी समेत गरेर छ हजार भन्दा बढी पद रिक्त भइ सकेका वताउनु हुन्छ । अध्यक्ष नियुक्त हुन नसक्दा प्राध्यापक तथा कर्मचारीका लागि खुला प्रतिस्पर्धाको विज्ञापन खोल्न नसकेको हो ।

आयोग नेतृत्व विहीन हुँदा प्राध्यापक कर्मचारीका लागि विज्ञापन प्रक्रिया समेत रोकिएको जनाइएको छ। उनीहरूका लागि पाठ्यक्रम परिमार्जन, नयाँ निर्माण लगायतका सम्पूर्ण नीतिगत काम रोकिएको ढकालको भनाइ छ। पुराना कर्मचारी सेवा निवृत्त भए पनि नयाँ कर्मचारी भर्ना गर्न नपाउँदा दैनिक काममा समेत प्रभाव पर्न थालेको उहाँ बताउनु हुन्छ ।

आयोगमा अध्यक्ष सहित तीन सदस्य रहने व्यवस्था छ। अर्का सदस्य प्राध्यापक डाक्टर हेमराज ढकालको कार्यकाल पनि आगामी मङ्सिरमा सकिँदै छ। त्यसबाहेक लोकसेवा आयोगका तर्फबाट प्रतिनिधित्व गर्नु भएका माधव बेल्बासे सदस्य रहेका छन्। अध्यक्ष तथा सदस्य सबैको कार्यकाल तीन वर्षको रहने व्यवस्था छ।

नेपालमा जहाँ तँही राजनीतिक भागबन्डाको रोगले ग्रस्त भएको जस्तै त्रिवीमा पनि भागबण्डा नमिल्दा लामो समयदेखि आयोग अध्यक्ष विहीन भएको भन्दै शिक्षाविद् तथा यस क्षेत्रका जानकारले भने सरकारको आलोचना गरेका छन्। शिक्षाविद् प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले भने, “राजनीतिक दलबिच कुरा नमिल्दाको असर विश्वविद्यालयमा परेको छ। विश्वविद्यालय जस्तो संस्थामा भागबन्डाको संस्कार भित्र्याएर अलपत्र पार्नु गलत हो।” त्रिवि सुधार गर्न भन्दा पनि मेरो भागमा के भन्ने मानसिकता बोकेका राजनितिक नेता र सम्वद्ध व्यक्तिहरूका कारण नियुक्तिमा समस्या भएको शिक्षाविद्हरुको गुनासो रहेको छ ।

 

गोरखापत्र

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस