आज:  | Sun, 05, May, 2024

मंगलबार धादिङ गजुरीमा माइक्रोबस दुर्घटना हुदा १५ जना घाईते, (विवरण सहित)

२४ श्रावण २०८०, बुधबार ०७:२९ मा प्रकाशित ( ९ महिना अघि) ८७४ पाठक संख्या
नारी बाटिका


धादिङ,२४ साउन ।

मंगलबार धादिङ जिल्लाको गजुरीमा माईक्रोबस दुर्घटना हुदा १५ जना घाईते भएका छन् । सो माईक्रोबस दुर्घटनामा घाइते भएकाहरुको (विवरण सहित) मंगलबार पोखराबाट काठमाडौ तर्फ जादै गरेको माईक्रोबस धादिङको गजुरीमा दुर्घटना हुँदा १५ जना घाईते भएका हुन् । गजुरी गा.पा.वडा न.५ बाङ्गेमोड स्थित पृथ्वी लोकमार्गमा पोखरा बाट काठमाण्डौ तर्फ जादै गरेको बा २ ख ४५६७ न।को हाईस अनियन्त्रित भई सडक बाट अन्दाजी २० मिटर तल खसी दुर्घटना भएको हो ।

उक्त माईक्रोबसमा सवार १७ जना यात्रु मध्ये १५ जना घाईते भएका छन् । घाईतेहरुको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने केहि घाईतेहरुलाई थप उपचारको लागी काठमाण्डौ रिफर गरिएको छ । दुर्घटना भएको माईक्रोबस भने घटना स्थलमा नै रहेको छ ।

घाईतेहरुको विस्तृत विवरण सहित

१। । चालकः–जिल्ला मकवनपुर टिस्टुङ गा।पा १२ बस्ने बर्ष अं ३३को श्याम स्याङताङ टाउको,छात्ती र दुबै हातमा चोट अबस्था मध्यम ।
२।जिल्ला पर्वत देबिस्थान न।पा ६ बस्ने बर्ष अं ५५को खुम प्रसाद शर्मा छात्तिमा चोट अबस्था सिरियस सामान्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।
३।जिल्ला स्याङजा बस्ने बर्ष अं ३०को प्रकाश न्यौपाने कम्मरमा चोट सामान्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।
४।जिल्ला तनहुँ बस्ने बर्ष अं ४७ की बिष्णु माया परियार बायाँ खुट्टा र दुबै हातमा चोट अबस्था मध्यम ।
५।जिल्ला तनहुँ बस्ने बर्ष अं ७ को आर्यन परियार टाउको र बायाँ हातमा चोट अबस्था सामन्य ।
६।जिल्ला तनहुँ सुक्लागण्डकी न।पा ७ बस्ने बर्ष अं ३७ को सूर्य बहादुर दमाई टाउको र घाँटिमा चोट अबस्था सामान्य ।
७।जिल्ला कञ्चनपुर भिमद्त्त न।पा ११ बस्ने बर्ष ३५ को लक्ष्मी प्रसाद पन्त बायाँ हात र टाउकोम टोट अबस्था सामान्य
८ जिल्ला तनहुँ बस्ने बर्ष अं ३२ की सत्य देवि राई पुलामी बाँया हातमा सामान्य अबस्था मध्यम सामान्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।
९।जिल्ला तनहुँ शुक्लागण्डकी न।पा १२ बस्ने बरेष अं ३५ को मनोज बि।क दुबै हात खुट्टामा र भित्री चोट अबस्था सामान्य।
१०।जिल्ला मुस्तांङ लेखेकर दामोदरकुण्ड गा।पा १ बस्ने बर्ष २३ को तेन्जिङ गुरुङ घाँटि,छात्ति र टाउकोमा चोट अबस्था मध्यम सामन्य उपचार पश्चात काठमाण्डौ रिफर भएको ।

११।जिल्ला अर्घाखाँची बस्ने बर्ष अं २० को रोशन परियार दुबै हात र खुट्टामा चोट अबस्था सामान्य ।
१२।जिल्ला रौतहट चपुर न।पा १ मंगलपुर बस्ने बर्ष अं ३० को भतर स्याम्बो दुबै हात खुट्टामा चोट अबस्था सामान्य ।
१३।ऐ।ऐ बस्ने निजको श्रीमती बर्ष अं २९ की सीता गुरुङ दुबै हात र खुट्टामा चोट अबस्था सामान्य ।
१४।ऐ।ऐ बस्ने निजको छोरी ९ महिना की कलरा गुरुङ टाउकोमा चोट अबस्था मध्यम सामन्य उपचार पश्चात काठमाण्डौ रिफर ।
१५।जिल्ला पर्वत बस्ने बर्ष अं २१ को बिनोद क्षेत्री दाहिने हातमा चोट अबस्था सामान्य ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस