आज:  | Sun, 19, May, 2024

धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका ३ मालिङ्गामा सवारी दुर्घटना : बिवरण सहित

२७ श्रावण २०८०, शनिबार ०७:२१ मा प्रकाशित ( ९ महिना अघि) ६१६ पाठक संख्या
नारी बाटिका


धादिङ,२७ साउन ।

धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका ३ मालिङ्गा स्थित पृथ्बिलोकमार्गमा सवारी दुर्घटना भएको छ । सुक्रवार अं.७ः३० बजेको समयमा चितवनबाट काठमाण्डौ तर्फ जादै गरेको बा २१ च ६०४३ नं.को स्कारपियो बेनिघाट रोराङ गाउँपालिका ३ मालिङ्गा स्थित पृथ्बिलोकमार्गमा अनियन्त्रित भई सडक भित्तामा ठोकिन जाँदा दुर्घघटना भएको हो ।

स्कारपियोमा सवार चालक सहित निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि राजमार्ग अस्पताल मलेखु पठाएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख गौतम मिश्रले जानकारी दिनु भएको छ । दुर्घटना स्थलमा ई.प्र.का.बेनिघाटबाट प्र.स.नि.को कमाण्डमा ४ जनाको टोलि खटिई गएको,गाडी घटना स्थलमै रहेको,घटनाबाट ,बाटो अबरुद्ध नभएको,उक्त स्थान ई.प्र.का.बेनिघाटबाट खटिएको टोलिाले घाइतेहरुको उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

निम्न घाईते भएकाहरुको बिवरण ।
१० जि(बारा कोल्बी नगरपालिका ४ बस्ने बर्ष २८ को प्रकाश थापा,हातरटाउकोरछात्तीमा चोट,अबस्था सामान्य ।
२० ऐ(ऐ(बस्ने बर्ष ५५ को भरत बहादुर भण्डारी,हातरछात्तिमा चोट,अबस्था मध्यम ।
३० ऐ(ऐ(१ बस्ने ३० दामोदर तिमल्सिना,खुट्टामा चोट,अबस्था सामान्य
४० ऐ.ऐ.बस्ने बर्ष ३२ को कपिल प्रसाई,अनुहारमा चोट,अबस्था मध्यम ।
५० जिल्ला बाग्लुङ बाग्लुंङ नगरपालिका १४ बस्ने ३१ को रामचन्द्र क्षेत्री,हातरअनुहाररहातमा चोट,अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस