आज:  | Sat, 18, May, 2024

नेपाली कांग्रेस धादिङको विषेश आन्तरिक अभियान कार्यक्रम आज धादिङशेशीमा सम्पन्न

३० श्रावण २०८०, मंगलवार २०:२० मा प्रकाशित ( ९ महिना अघि) १०२९ पाठक संख्या
नारी बाटिका


 

धादिङ, साउन ३० ।

नेपाली कांग्रेस धादिङको विषेश आन्तरिक अभियान कार्यक्रम आज धादिङशेशीमा सम्पन्न भएको छ । केन्द्रिय समिती बैठकको निर्णय अनुसार २०८० श्रावण २३ देखी भाद्र १ सम्म देशको ७७ वटै जिल्लामा संन्चालन गर्ने कार्यक्रम अन्तर्रगत आज धादिङको निलकण्ठ नगरपालिकामा सम्पन्न भएको हो । पार्टीको १० दिने विषेश अन्तरिक अभियान अन्तर्रगत धादिङ जिल्लामा पनि १३ वटै पालिका पार्टी कार्य समितीको आयोजनामा कार्यक्रम संन्चालन भैइरहेको  छ ।

पार्टीको केन्द्रीय समितीको निर्णय अनुसार जिल्लामा पनि विषेश आन्तरिक अभियान सुरु गरीएको काँग्रेसले जनाएको छ । पार्टीका अन्तरिक कमी कमजोरी पत्ता लगाई त्यसको सुधार गर्दै पार्टीलाई एक्काईसौ सताब्दिको गतिशिल, चलायमान, सवल एवं सक्षम बनाउने उद्देश्यले आन्तरिक अभियान सुरु गरीएको नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिनु भयो ।

धादिङ जिल्लामा अभियानका लागि केन्द्रीय समितीबाट नेपाली काँग्रेस जिल्ला कायसमिति रामेछापका पुर्व सभापती रामचन्द्र खड्कालाई प्रतिनिधीको रुपमा यस जिल्लामा खटीइ आउनु भएको छ । प्रतिनिधी खड्काले अभियानको उद्देश्यबारे जानकारी गराउनु भयो ।

निलकण्ठ नगरपालिका पार्टी कार्य समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नगर कार्यवाहक सभापती शम्भु मल्ल ठकुरीको अध्यक्षता,केन्द्रबाट खटिइ आउनु भएका खड्काको प्रमुख आतिथ्यता, जिल्ला सभापती रामनाथ अधिकारी,नेपाली काँग्रेस धादिङका पुर्व सभापती एव्ं नेता रमेश धमला,नन्द प्रशाद रिजाल, नगर,गाउँपालिका तथा वडा कार्य समितीका पदाधिकारीहरु,नेपाल महिला संघको विषेश आतिथ्यता रहेको  कार्यक्रम नगर पार्टी सचिव ईश्वर अर्यालले संन्चालन गर्नु भएको थियो ।

केन्द्र र प्रदेश प्रतिनिधीको उपस्थितीमा यहि साउन २३ गते देखी भाद्र १ गते सम्म जिल्ला,नगरपालिका,गाउँपालिका र वडा कार्य समितीसँग कार्यक्रम भइरहेको छ । जिल्ला बाट खटीएका प्रतिनिधीहरुले पालिका समितीसँग समन्वय गरेर यहि बीचमा कार्यक्रम गर्ने र भाद्र १ गते वडा स्तरमा कार्यकर्ता संग बैठक बसी अभियानको औपचारिक समापन गरीने सचिव विकास श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार अभियानको लागी जिल्लाले पनि क्षेत्र नं १, क्षेत्र नं २,र क्षेत्र नं ३ मा जिल्ला पार्टी समितिका नेताहरुलाई खटाएको छ । त्यस्तै जिल्ला सदस्य, क्षेत्रिय प्रतिनिधीहरुलाई स्थानीय तहमा खटाईएको छ ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका नरेन्द्र भट्टले नगर,गाउँपालिका तथा वडा कार्य समितीका पदाधिकारीहरुको काम,कर्तव्य र अधिकारको विषयमा प्रस्तुत गर्नु भएको थियो ।

निलकण्ठ नगरपालिका स्थित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।  साथै निलकण्ठ नगरपालिकाका १ देखी १४ वडासम्मको वडा सभापतीहरुले आ आफ्ना क्षेत्रका स्थानिय समस्याको बारेमा लिखित र मौखिम प्रस्तुतीकरण गरी समस्याहरु राखेका थिए ।

नारी वाटिका डट्कम अनलाइन खबरमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई ९८४१५४६८९३ मा सम्पर्क गर्नु होला

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस