आज:  | Sat, 11, May, 2024

पुरुषोतम महिना अर्थात तिथी अनुसारको मलमास आजबाट सकिदै

३१ श्रावण २०८०, बुधबार ०८:२५ मा प्रकाशित ( ८ महिना अघि) ८७६ पाठक संख्या
नारी बाटिका


काठमाडौं,३१ साउन ।

 

पुरुषोतम महिना अर्थात तिथी अनुसारको मलमास आजबाट सकिदैछ । धार्मिक पुराण,ग्रन्थहरुमा उल्लेख भए अनसारको अधिकमास अर्थात् मलमास (पुरुषोतम)महिना भनिने समय यसै साउन महिनाको २ गते बाट शुरु भई आजबाट सकिदै छ । तर साउने शोमवारको ब्रत बस्ने श्रदालु भक्तजनहरुले भने भाद्र १९ गतेसम्मको शोमवारको ब्रत बस्नु पर्ने नेपाल संस्कतृविद्हरुले जनाउनु भएको छ ।

मलमासको अन्तिम दिन श्रद्धालु भक्तजनहरुले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, भजन कीर्तन तथा पुराण पाठ गर्नुका साथै दान गर्ने प्रचलन छ। काँसको थालमा भगवान् विष्णुका नामले ३३ वटा मालपुवा राखेर घिउ, तिल र सुनको प्रतिमा सहित वस्त्रले ढाकेर दान गर्ने परम्परा छ ।

सामान्यतया एउटा सौरमासमा दुईवटा औँसी पर्दा अधिकमास हुन्छ । यो महिना साउन २ गते र बुधबार औँसी परेको हो । बुधबार दिउँसो २१ घडी ५ पला अर्थात् २ बजेर १ मिनेटसम्म औँशी तिथि छ । भगवान् विष्णु अर्थात् पुरुषोत्तम,नारायणको पुजाआजा, जप,ध्यान,आराधना गरिने भएकाले मलमासलाई पुरुषोत्तम महिना भन्ने गरिएको छ ।

प्रत्येक तीन वर्षमा एक पटक आउने मलमास अवधिमा कुनै पनि विबाह,बर्तवनध,घरको जग राख्ने जस्ता शुभ र नयाँ कार्यको थालनी गर्न नहुने परम्परा छ । तर यस अबधीमा भगवान विष्णुको जप,ध्यान र पुरुषोतम महिमा श्रवण गर्ने गरिन्छ । यस वर्षको मलमासको अवधीमा कुनै चाडपर्व नपरेका नेपाल पञ्चाग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डा.रामचन्द्र गौतमले बताउनु भएको थियो ।

मलमास अर्थात पुरुषोतम महिना सम्पन्न भएसँगै शुद्ध महिनाका तिथि शुरु हुनेछ । मलमासका कारण यो वर्ष जनैपूर्णिमा, तीज, सोह्रश्राद्ध, दशैँ र तिहार जस्ता चाडपर्व एक महिना पछाडि धकेलिएका छन्। सूर्यमान अनुसार वर्षमा ३६५ दिन र चान्द्रमान अनुसार वर्षमा ३५४ दिन हुन्छ। यसरी हेर्दा सूर्य र चन्द्रमानबीच वर्षमा लगभग ११ दिनको फरक पर्न आउँछ।

तीन वर्षमा ३३ दिनको फरक पर्ने भएपछि त्यही एक महिनालाई अधिकमास भन्ने धार्मिक पुराण,ग्रन्तहरुमा उल्लेख गरिएको छ । अधिकमास पर्ने वर्षमा सूर्यमान अनुसार वर्षमा १२ वटै महिना रहे पनि चान्द्रमान अनुसार १३ वटा महिना पर्न आउँछ । सूर्य र चन्द्रमाको गति मिलाउनको लागी अधिकमास परेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस