आज:  | Sun, 19, May, 2024

आठ सवारी साधन एक आपसमा ठक्कर खाँदा , सात जना गम्भीर घाइते

३१ श्रावण २०८०, बुधबार १७:०४ मा प्रकाशित ( ९ महिना अघि) ३३५ पाठक संख्या
नारी बाटिका


चितवन, ३१ साउन

चितवनमा आठ सवारी साधन एक आपसमा ठक्कर खाँदा , सात जना गम्भीर घाइते भएका छन् भने अन्य १३ जना सामान्य घाइते भएका छन् । बुधवार भरतपुर महानगरपालिका–९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा उक्त सवारी साधनहरु एकै ठाउँमा दुर्घटना हुँदा बीसजना घाइते भएको चितन प्रहरीले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाट तर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो ।

सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नं को स्कुटर सहित सबै सवारी साधन एक आपसमा ठोक्किएको हो । ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी गराउनु भयो ।

उक्त दुर्घटनामा घाइते भएकाहरु मध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेजमा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाएको छ ।

घाइते मध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बाँकी १३ जनाको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनु भयो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारी साधन घटना स्थलमै राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस