आज:  | Sat, 18, May, 2024

धादिङमा विद्युत् महसुल उठाउन सकस, ४१ करोड भन्दा बढी खाताको हिसाबमा सिमित

३२ श्रावण २०८०, बिहीबार ०८:४६ मा प्रकाशित ( ९ महिना अघि) ७०२ पाठक संख्या
नारी बाटिका


धादिङ , ३२ साउन ।

धादिङमा विद्युत् महसुल उठाउन सकस, देखिएको छ । ४१ करोड भन्दा बढी उठ्न बाँकी खाताको हिसाबमा सिमित रहेकोले विद्युत्को बक्यौता उच्च देखिएको हो । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी रहेको छ । प्राधिकरण धादिङ शाखाका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र रु २७ करोड ५९ लाख ६४ हजार महसुल तिर्न बाँकी रहेको संन्चार माध्यमलाई जनाएका छ ।

पटक पटक ताकेता गर्दा पनि विद्युत् महसुल नतिरेको हुनाले एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझै सम्म महसुल नतिरेका जनाएको छ ।

त्यस्तै एक सय तीन जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ । लाइन काटेपछि चार करोड २६ लाख ७४ हजार रुपयाँ महसुल असुली गरेको शाखाले जानकारी दिएको हो । कालोसूचीमा परेका उपभोक्ताबाट रु ३७ लाख १२ हजार उठ्न बाँकी रहेको छ । त्यसैगरी धादिङ शाखाले गत आर्थिक वर्ष २०७९।०८० मा एउटा ग्राहकको रकम उठाउन काठमाडौँ र भक्तपुर स्थित ग्राहकको घरमा समेत गएको भनाइ छ ।

अर्को समस्या विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन । गएको वर्षमा विद्युत् चोरी गर्ने दुई सय ९४ जनालाई कारबाही गरिएको थियो ।

साथै चोरी गर्ने व्यक्तिहरुबाट १४ लाख ८१ हजार जरिवाना असुल गरिएको अनाएको छ । अघिल्लो आवमा एक सय २३ जनालाई विद्युत् चोरी अन्तर्गत कारबाही समेत गरिएको थियो । त्यस्तै गत आवमा ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत् बिक्री गरी रु,एक अर्ब दुई करोड रकम सङ्कलन भएको प्राधिकरणको धादिङ शाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस