आज:  | Fri, 07, Feb, 2025

नीलकण्ठ माध्यमिक विद्यालयमा विद्यार्थी सम्मान तथा बिदाई कार्यक्रम

१ भाद्र २०८०, शुक्रबार १९:४८ मा प्रकाशित ( १ साल अघि) १२६२ पटक पढिएको
नारी बाटिका


धादिङ ,१ भदौ ।

धादिङको नीलकण्ठ माध्यमिक विद्यालयमा पुुराना विद्यार्थीहरुलाई सम्मानका साथ बिदाई तथा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको छ ।

उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सक्रिएतामा शुक्रबार आयोजित कार्यक्रममा कक्षा १२ उतीर्ण गरेका विद्यार्थीहरुलाई बिदाई, कक्षा १० मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान र कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य विस्णु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका शिक्षा शाखाका प्रमुख नारायण प्रसाद वाग्ले र जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख भगवान पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै सबै विद्यार्थीहरुले आफ्नो भविष्य उज्वल बनाउनप्रति ध्यान दिदै विद्यालयको माया र विद्यालय प्रति सम्मान सदैव गरिरहनु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा भुपु सैनिक एवम् सैनिक पेसाबाट पेसा निवृक्त हुनु भएको जुजुमान शाक्यले आफुले सञ्चालन गरेको व्यवसायबाट उठेको सम्पूर्ण आम्दानीको सबै रकम एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने २ जना विद्यार्थीलाई ३ हजार ८ सय रुपैँयाका दरले छात्रवृत्ति स्वरुप रकम प्रदान गरिएको थियो ।

साथै नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति मेघनाथ कोइरालाले पनि उत्कृष्ट नतिजा ल्याउन सफल विद्याथीलाई छात्रवृत्ति स्वरुप सहयोग गरेकोमा नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानध्यापक ध्रुव अधिकारीले आभार व्यक्त गर्नु भयो । सो अवसरमा विद्यालयले कक्षा ९ देखि १२ सम्म अध्यापन गराउने शिक्षक शिक्षिकाहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस