
नारी बाटिका
तस्वीर : अनलाईन खबर बाट साभार
काठमाडौं, ४ भदौ ।
भक्तपुरको बाल सुधार गृहबाट १२९ जना कैदीबन्दी भागेका छन् । सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका कैदीहरुलाई नेपाल प्रहरीले कडाईको साथ खोजी गर्दा ी१२९ जना मध्ये ८७ जना कैदीबन्दी लाई काठमाडौंबाट पक्राउ गरेको छ ् ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, भागेर काठमाडौं पुगेका ८७ जनालाई पक्राउ गरिएको छ । थप ८३ जना सुधार गृहमै रहेको बताउनु भएको छ।
सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष छन् ।यो रिर्पोट अनुसार अझै १२९ जना फरार रहेको देखिएको छ । उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
केही समय अगाडी भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उनीहरुको खोजीका लागि तीन वटै जिल्लाका प्रहरी परिचालित भएका छन् ।’ भनी बताउनु भएको थियो ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।
बस्नेतको मृत्युबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति बनाएको छ भन्ने जानकारीमा आएको छ । तर भक्तपुर बाल सुधार गृहको पछिल्लो अबस्था बारे जानकारी लिन हामीले पटक पटक भक्तपुर जिल्ला प्रशासन कार्यलयमा फोन गरेका थियाँै । प्रशासन कार्यलय भक्तपुरको फोन रिसिभ भएको छैन ।सुधार गृहबाट भागेका कैदी हरु भने केही बेर अघिसम्म भक्तपुरको सडकमा देखिएको थियो।







प्रतिक्रिया दिनुहोस