
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -२६ पुस ।
उज्यालो पार्टीसँग एकता गरी आगमी चुनावमा वहुमत ल्याउने दौढदुपमा लागेका रास्वपा सभापति लामिछाने र कुलमानबिचको वार्ता भाँडिएको छ ।
उनीहरुबिचमा पार्टी एकताको कुरा नमिलेपछि बिजुली वत्तीबाट सिखर चुमेका कुलमान आफ््नै उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् ।
केही दिनअघि सुशीला कार्की नेतुत्वको अन्तरिम सरकारका मन्त्रीबाट राजीनामा दिएर बाहिरिएका कुलमान घिसिङलाई उज्यालो पार्टी नेपालको अध्यक्षमा नियुक्त गरेको हो।
शनिबार उज्यालो पार्टीका प्रवक्ता डा राजु थापाले घिसिङलाई नियुक्त गरिएको र औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको बताए। निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय थिए । तर घिसिङले मन्त्री पदबाट राजिनामा दिएर पार्टी राजनितिमा आएपछी घिसिङलाई नै अध्यक्ष बनाइएको हो ।
सोही कार्यका लागी आजै दिउँसो उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको र कुलमानले आजै पत्रकार सम्मेलन पनि आयोजना गर्दै छन्।








प्रतिक्रिया दिनुहोस