
नारी बाटिका
काठमाडौं, ०६ भदौ ।
आज यी चार प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । जस मध्य कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बुधबार मेघगर्जन र चट्याङ सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
साथै आज दिउँसो कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
कोशी , गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ। देशभरको हिसाबले आज राति सामान्य देखि पूर्ण बदली रहनेछ ।
कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस