आज:  | Fri, 17, Jan, 2025

डेंगु र आँखा पाक्ने रोगले उग्रगति लिइ रहेको बेला धादिङमा अर्को नयाँ रोग स्क्रब टाइफसको संक्रमण

७ भाद्र २०८०, बिहीबार १९:३४ मा प्रकाशित ( १ साल अघि) १८२२ पटक पढिएको
नारी बाटिका


धादिङ,०७ भाद्र ।

डेंगु र आँखा पाक्ने रोगले उग्रगति लिइ रहेको बेला धादिङमा अर्को नयाँ रोग स्क्रब टाइफसको संक्रमण देखिएको छ । आज धादिङमा २४ जनामा स्क्रब टाइफस संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका १५ जना, ज्वालामुखीका ६ जना, सिद्धलेकका २ जना र गल्छी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको छ ।

स्क्रब टाइफस रोगबाट हालसम्म धादिङका ६३ जना संक्रमित भइसकेको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरिएको छ ।

के हो ‘स्क्रब टाइफस र कसरी सर्ने गर्दछ ?

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने रोग हो । यसलाई समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे यो रोग निको हुन्छ। तर, समयमा नै यसको उपचार नगरे यसले गम्भीर रुप लिन सक्ने स्वास्थ्य कर्मीले बताएका छन् ।

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वन जङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउनु पर्छ। शरीरको खुला भागमा कीटनाशक मलहमको प्रयोग गर्ने, घर वरिपरिका खेतबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उचित तरिकाले अन्न भण्डारण गर्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस