आज:  | Sat, 18, May, 2024

आमा पनि नक्कली बनाएर दलाईहरुले एक रोपनी १५ आना जग्गा हडपे

९ भाद्र २०८०, शनिबार ०९:३८ मा प्रकाशित ( ८ महिना अघि) ८१२ पाठक संख्या
नारी बाटिका


काठमाडौं,०९ भदौ ।

नेपालको बिगतका सरकारदेखीको रोग अपराधीलाई कानुनी कठघरमा ल्याउने भन्दा पनि राजनितिक स्वार्थमा सरकारले उन्मुत्ती दिने प्रचलन बढ्दै गएकोले पछिल्लो समयमा मुलुकका हरेक क्षेत्रमा अपराध र भ्रष्चार बढ्दै गइरहेको पाईन्छ । सबै कुरा नक्कली बनाउने कुरा त हामीहरुले सुन्दै आएका थियौं । तर यहाँ त  जन प्रतिनिधी हरुकै संलग्नतामा दलालहरुले आमा पनि नक्कली बनाएर एक रोपनी १५ आना जग्गा हडपेका छन् ।

आमा पनि नक्कली बनाइन्छ भन्ने सुन्दा त जो कोहीलाई पनि अचम्म लाग्छ होला…। यस्तै मकवानपुरको थाहा नगरपालिकाका एक व्यक्तिले दलालहरुसंग मिली नक्कली आमा बनाएर अर्कैका नामको जग्गा आफ्नो नाममा ल्याएका छन्।

साथै यस काण्डको आजको शनिबारको गोरखापत्रमा समाचार प्रकाशन गरिएको छ, । यो घटनामा कीर्तिपुर र थाहा नगरपालिकाका जनप्रतिनिधिको पनि संलग्नता रहेको बुझिएको छ । उक्त जग्गा खरिद गर्ने एक भारतीय नागरिकको जाहेरी पछि मात्र यो घटना सार्वजनिक भएको हो । प्रहरीले दुई जना वडाध्यक्ष सहित २१ जना विरुद्ध गत साउन २८ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

घटना विवरण अनुसार कीर्तिपुरको महँगो जग्गा हात पार्न थाहा नगरपालिका–१२ का सतराज गुरुङले नक्कली आमा खडा गराएर सबै प्रक्रिया पूरा गरेका थिए। यस कार्यमा मकवानपुरको थाहा नगरपालिका–१२ का वडाध्यक्ष टीकाराम स्याङ्तान र कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष नरेश महर्जनको पनि संलग्नता रहेको पाइएको हो ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित ट्याङ्लाफाँटको कित्ता नम्बर २०३ को ९९२ वर्गमिटर अर्थात् एक रोपनी १५ आना जग्गा गुरुङले आफ्नो नाममा गरेको पाइएको हो।

भारतीय नागरिक एमसी परेराले उक्त जग्गा किनेर राखेका थिए। जिल्ला प्रहरी कार्यलय काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार भारतीय नागरिक परेराको श्रीमती भनिएकी उमादेवी गुरुङको नाममा जग्गा किनेका थिए । उनीहरूका सन्तान थिएनन्।

‘नेपालमा भारतीय नागरिकले सीधै जग्गा किन्न नमिल्ने भएपछि उमादेवी गुरुङको नाममा जग्गा किनिदिएका रहेछन् । त्यस ठाउँमा क्रिस्चियन मिसिनरी सञ्चालन गर्न जग्गा खरिद भएको रहेछ । ‘उमादेवी गुरुङको निधनपछि उनको नाममा भएको जग्गालाई मकवानपुर थाहा नगरपालिका–१२ का सतराज गुरुङले नक्कली आमा बनाएर किर्ते कागज बनाई आफ्नो नाममा उक्त जग्गा लिएको पाइएको हो।

यस कार्यका लागी भरतपुर महानगरपालिका–१९ बाट उमादेवीको मृत्यु दर्ता प्रमाणपत्र बनाएको पाइएको छ । मृतक गुरुङका आफन्त नभएपछि स्वतः राज्यको नाउमा हुनुपर्नेमा सतराज गुरुङले उमादेवीको चितवनमा मृत्यु दर्ता गराएर आफ्नो नाममा जग्गा राखेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस