आज:  | Sat, 18, May, 2024

नेपाल कराते महासंघ धादिङको प्रथम जिल्ला अधिबेशन सम्पन्न

१० भाद्र २०८०, आईतवार १७:०० मा प्रकाशित ( ८ महिना अघि) ३५० पाठक संख्या
नारी बाटिका


धादिङ,१० भाद्र ।

नेपाल कराते महासंघँ धादिङको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिबेशनबाट जिल्ला अध्यक्षमा बलराम राना मगर चयन हुनु भएको छ । आईतबार सम्पन्न प्रथम जिल्ला सितोरियो कराते महासङ्घ धादिङको प्रथम अधिबेशनबाट राना मगरको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

प्रथम अधिवेशनले प्रथम उपाध्यक्षमा शेर ब.तामाङ, द्धितिय उपाध्यक्षमा सुदिप श्रेष्ठ, तृतिय उपाध्यक्षमा राजेन्द्र तामाङ, सचिवमा मिथुन तामाङ, सह–सचीवमा सन्दिप स्याम्जन तामाङ, कोषध्यक्षमा कबिता रन्जितकारलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा मनोहर बिश्वकर्मा, दावरी तामाङ, सन्त ब.तामाङ, करण गुरुङ, सन्दिप अधिकारी, दिवाकार रन्जितकार, सन्देश घले, सामुएल तामाङ, मनिष तामाङ, सुदिप तामाङ, रोशन घले, सजनी तामाङ, सुजन श्रेष्ठ र दिपराज गुरुङ चयन भएका आयोजक संस्थाले जानकारी गराएको छ ।

नेपाल सितोरियो कराते धादिङका इन्चार्ज भिम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ जिल्ला खेलकुद विकास समितीका अध्यक्ष प्रताप सिङ तामाङको प्रमुख आतिथ्य तथा नेपाल सितोरियो कराते महाँसंघ बागमति प्रदेशका अध्यक्ष गगन लामाको विषेश आतिथ्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस