आज:  | Thu, 16, May, 2024

सुविधा सम्पन्न धादिङको नीलकण्ठ क्याम्पसमा आइटी कोर्ष (BICTE)पढाइ सुरु

११ भाद्र २०८०, सोमबार २०:१६ मा प्रकाशित ( ८ महिना अघि) ४६३ पाठक संख्या
नारी बाटिका


धादिङ, ११ भदौ ।

सुविधा सम्पन्न धादिङ जिल्लाकै प्रथम स्थानमा पर्ने नीलकण्ठ क्याम्पसमा आइटी कोर्ष  पढाइ सुरु भएको छ । जिल्ला सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र संकायले संचालन गर्ने ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन कक्षा पढाउन थालेको छ ।

शैक्षिक सत्र २०८० को नयाँ शैक्षिक वर्षको लागि भर्ना खुलेको छ । पछिल्लो समयमा नेपालमा उच्च शिक्षा हाँशिल गरेर पनि प्राविधिक ज्ञान र सिपको कमीले हजारौंं युवाहरु बेरोजगार हुनु परेकोले नेपाली युवाहरु विद्यार्थीको रुपमा विदेशी भुमिमा गई पसिना बगाउन वाध्य भए भन्ने चौतर्फी गुनासो आईरहेको बेला निलकण्ठ क्याम्पसले ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (BICTE)कक्षा पढाउन थालेको हो ।

नयाँ भर्ना कार्यक्रम सम्वन्धी विस्तृत जानकारी दिन शोमवार क्याम्पसले पत्रकार सम्मेलन गरी क्याम्पसले दलित,जनजाती,आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुमा प्रदान गरिने छात्रावृती, लगायतको सुविधाका बारेमा जानकारी गराएको हो । (BICTE) मा भर्ना हुने विद्यार्थीले भदौ १ देखि असोज ४ गतेसम्म आवेदन फाराम बुझाउन सकिने क्याम्पसले जनाएको छ । त्यस्तै विलम्ब शुल्क बुझाएर असोज १२ सम्म विद्यार्थीले फारम भर्न सक्नेछन् ।

असोज २२ गते दिनको १ बजे प्रवेश परीक्षा हुने र मंसिर १ गतेदेखि पढाइ सुरु हुने क्याम्पसले जानकारी दिएको छ । विद्यार्थीले अनलाइन मार्फत प्रवेश परीक्षाको फारम भर्नु पर्ने भएपनि नीलकण्ठ क्याम्पसले भने विद्यार्थीहरुसंग फाराम संकलन गरेर समेत प्रवेश परीक्षाको लागि फारम भरिदिने कार्यक्रमका संयोजक सहायक क्याम्पस प्रमुख देवी अधिकारीले जानकारी दिनु भयो ।

कक्षा ११ र १२ मा जुनै विषय लिएका विद्यार्थीले पनि (BICTE) विषयमा भर्ना हुन पाउने र समग्रमा उनीहरूले न्यूनतम २.० जिपिए ल्याएको हुनु पर्ने क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनु भयो ।

नेपाली बजारमा प्राविधिक जनशक्तिको माग उच्च भएको र यो  (BICTE) विषय पढ्ने विद्यार्थीहरुको रोजगारीको सुनिश्चितता हुने भएकाले यस विषयमा पढाइ सुरु गरिएको शर्माले बताउनु भयो । यो विषय पढेको मान्छे बेरोजगार भएर जागिरको खोजीमा देश विदेश भौतारिन नपर्ने उहाँको भनाइ रहेको छ ।

२०५७ सालमा स्थापना भएको क्याम्पसमा यसअघि स्नातकतहमा विएड विविएस र विए तथा स्नातकोत्तर एम एड र एमविएसको पढाइ भइरहेको छ । ‘हामीले कक्षामा पढाएर पास गर्ने मात्र नभइ बजारले खोजेको, जनशक्ति यहाँबाट पास भएर गएपछि बजारमा सजिलै विक्ने, प्राविधिक जनशक्ती उत्पादन गर्ने कोर्षहरु पढाउन पर्छ भनेर यो विषय थप गरेका हौँ ।’ क्याम्पस प्रमुख शर्माले भन्नु भयो ।

विगत २ वर्षअघि देखि नै विषयमा पढाइ सुरु गरिएको भएपनि धेरै ठाउँमा यसको प्रचार हुन सनसकेको हो कि भनेर पत्रकार सम्मेलन गरी भर्ना कार्यक्रम सम्वन्धि जानकारी गराइएको क्याम्पस प्रशासनले जनाएको छ । हाल त्रिविको ९ आंगिक र १९ सामुदायिक क्याम्पस गरेर कूल २८ क्याम्पसमा बीआई सीटीई पठन पाठन हुन्छ । हालसम्म कुनै पनि निजी कलेजले यो कोर्ष सञ्चालन गरेका छैनन् ।

सूचना तथा सञ्चार प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ त्रिवि शिक्षाशास्त्र सङ्कायले सन् २०१० (विसं.२०६७) देखि तीन वर्षे बीएड आईसीटी (ब्याचलर अफएजुकेसन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी) सञ्चालनमा ल्याएको थियो । त्यो समयमा देशभरका पाँच आङ्गिक क्याम्पसहरूमा यो कोर्ष पढाउन सुरु गरिएको छ ।

त्यसपछी केही समयको अन्तरालमा आठ सामुदायिक क्याम्पसहरूमा यस विषयमा पढाई सुरु गरिएको थियो । सन् २०१५ मा त्रिविले कोर्षलाई परिमार्जन गर्दै चार वर्षे ९९ सेमेस्टर, बनायो ।हाल यो कोर्ष देशभरका २८ क्याम्पसमा सञ्चालनमा छ ।

त्यस्तै नयाँ शैक्षिक वर्षको लागि वि.एड.विविएस र विए (सामाजिक कार्य) तर्फको कक्षा संचालन भने असोज १६ गतेदेखि नै सुरु हुने क्याम्पसले जनाएको छ । भर्ना कार्यक्रम सुरु गरि सकिएको र असोजको १४ गते अभिमुखीकरण कार्यक्रम संचालन गरेर १६ गतेदेखि पढाइ सुरु गरिने क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनु भयो ।

विद्यार्थीहरुको आर्थिक अबस्था कमजोरीकै कारण उच्चशिक्षा अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था नआओस भनेर गरिव, टुहुरा, निमुखा, द्वन्द पिडित, दलित, जनजाति, महिला लक्षित छात्रबृत्तिको ब्यवस्था समेत गरिएको क्याम्पस प्रमुख शर्माले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस