आज:  | Thu, 16, May, 2024

सलाङको पञ्चमुखी माध्यमिक विद्यालय अभिभावकद्धारा वडा कार्यलयमा तालाबन्दी

१३ भाद्र २०८०, बुधबार ०६:४२ मा प्रकाशित ( ८ महिना अघि) ५८७ पाठक संख्या
नारी बाटिका


धादिङ ,१३ भदौ।

सलाङको पञ्चमुखी माध्यमिक विद्यालयका अभिभावकद्धारा वडा कार्यलयमा तालाबन्दीा गरेका छन् । सिद्धलेक गाउँपालिका वडा ३ स्थित सलाङको पञ्चमुखी माध्यमिक विद्यालयका विद्यालय अभिभावकले वडा कार्यालयमा तालावन्दी गरेका हुन्।

केही समय अघी सिद्धलेक गाउँपालिकाले दरवन्दी सहित बिषय शिक्षकको सरुवा गरिदिएपछि एक महिना देखि पठन पाठन रोकिएको छ । विद्यालयको पठनपाठन ठप्प भएपछी आफ्रना बालबालिकाको शिक्षा हाँशिल गर्ने अबशरमा समस्या निम्त्याएको भन्दै अभिभावकहरुले सिद्धलेकको ३ नम्बर वडा कार्यालयमा तालावन्दी गरिदिएका हुन।

अभिभावकहरुले तत्काल बिषय शिक्षकको व्यवस्था गर्नु पर्ने माग राख्दै वडा कार्यालयमा तालावन्दी गरिएको अभिभावकका एक सदस्य स्रोतले जनाएको छ ।

बिद्यालयमा राहत कोटाबाट माध्यमिक तहको गणित बिषयको शिक्षक पदमा कार्यरत रमेश नेपाललाई गाउँपालिकाले गत साउन २६ गते दरवन्दी सहित नलाङको सिद्धेश्वर माविमा सरुवा गरिदिएको थियो ।

विद्यालयका गणिग बिषयका शिक्षक नेपालको सरुवा भएपछि एक महिना देखि बिद्यालयमा मावि तहको गणित बिषयको पढाई ठप्प भएको अभिभावकको गुनासो रहेको छ । वैकल्पिक व्यवस्थाका लागि पालिकामा गरिएको अनुरोधको कुनै सुनुवाई नभएको,विद्यालयमा मावि तहको गणित बिषयको पठनपाठन ठप्पै हुदाँ बालबालिकाहरुको शिक्षा प्राप्त गर्ने अधिकार नै गाउँपालिकाले हनन भएको विद्यालयका अभिभावकले चिन्ता समेत ब्यत्त गरेका छन् ।

दरवन्दी सहित शिक्षक सरुवा भएपछि गणित विषयको पठनपाठन रोकिन पुगेकोले पढाई सुचारु गर्ने व्यवस्था मिलाउन आंफुहरु सँघर्षको कार्यक्रम नै अघि सार्न वाध्य हुनु परेको स्थानिय वासीहरुको समेत भनाई रहेको छ । साथै वडा कार्यालय तालाबन्दी गरेपछि सम्पूर्ण सेवा ठप्प हुन पुगेको छ ।

तर गाउँपालिकाले भने पालिकाको शिक्षा समितिको सिफारिसको आधार देखाएर साउन २६ गते शिक्षकहरुको सरुवा गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस