आज:  | Wed, 01, May, 2024

धादिङमा डेंगु सक्रमित हुनेको संख्या ओरालो लाग्दै, भाद्रको अन्त्यसम्म संक्रमण दर घट्न सक्ने आँकलन

१४ भाद्र २०८०, बिहीबार २०:०२ मा प्रकाशित ( ८ महिना अघि) ३९४ पाठक संख्या
नारी बाटिका


धादिङ,१४ भाद्र ।

केही दिनदेखी धादिङमा डेंगु सक्रमित हुनेको संख्या ओरालो लाग्दै गएकोले भाद्र महिनाको अन्तिमसम्म संक्रमण दर घट्न सक्ने आँकलन गरिएको छ । बिगतको तुलनामा पछिल्लो समयमा डेंगु सक्रमित हुनेको संख्या घट्दै गएको देखिएको छ । आज ३५ जनामा संक्रमण पुष्टी भएको छ । तर पनि गत हप्तासम्मको बड्दो सक्रमित भएका कारण हालसम्म धादिङमा डेंगु सक्रमित हुनेको संख्या २ हजार ४८८ पुगेको हो ।

स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५ जनामा सक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमित हुनेको संख्या पछिल्लो अपडेट अनुसार २ हजार ४८८ पुगेको हो ।बिहीबार नीलकण्ठ नगरपालिकाका २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ४ जना, ज्वालामुखी गाउँपालिकाका २ जना, सिद्धलेक र बेनीघाट रोराङ गाउँपालिकाका १र१ जनामा डेंगु पोजेटिभ देखिएको छ ।

जिल्लामा भएका सक्रमित संख्या मध्य नीलकण्ठ नगरपालिकामा मात्रै २ हजार १०३ जना डेंगु संक्रमित भइसकेका छन् । बाँकी सक्रमितहरु ज्वालामुखी गाउँपालिकामा ८६ जना, बेनीघाट रोराङ ६३, सिद्धलेकमा ६५, त्रिपुरासुन्दरीमा ५०, गजुरीमा २६, गंगाजमुनामा २३, खनियाबासमा १६, रुवीभ्याली र नेत्रावती डबजोङमा १४ जना, गल्छी र धुनीबेशी नगरपालिकामा ८ जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् ।

११ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । गत हप्तासम्म दिनहुँ उकालो लागेको डेंगु सक्रमितको संख्या यस साता भने केही संख्यामा दिनप्रतिदिन घडदै गैईरहेकोले यस महिनाको अन्त्य सम्म डेंगुको समस्याबाट केही मात्रामा सहज हुने आँकलन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस