आज:  | Sat, 18, May, 2024

ललिता निवास जग्गा प्रकरणमा समाजवादीका अध्यक्ष माधवकुमार निर्दोष सावित भएको : प्रधानमन्त्री

१६ भाद्र २०८०, शनिबार ०८:३६ मा प्रकाशित ( ८ महिना अघि) ३२५ पाठक संख्या
नारी बाटिका


काठमाडौं, १६ भदौ ।

ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री एव्ं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष सावित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष समेत रहनु भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री एवं् समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष सावित भएको दाबी गर्नु भएको हो ।

पछिल्लो समयमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठबन्धनमा बनेको समाजवादी मोर्चाले शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै दाहालले यस्तो दावी गर्नु भएको थियो ।

उहाँले थप्दै भन्नु भयो अब अध्यक्ष नेपाल माथि प्रश्न उठाउने कुनै ठाउँ नरहेको दाबीका साथ त्रताउनु भएको हो । ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई सिआइबीले गत साता मात्र नेपाल र भट्टराई कै निवासमा पुगी सोधपुछ गरेको थियो ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले छानविन गर्दा निर्दोष सावित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नु भयो, ‘माधवजी यहीँ हुनु हुन्छ । माधवजी बारे धेरै प्रश्नहरू र के हो ? कसो हो ? भनि राख्ने र उहाँ बिरुद्ध कुनै टिकाटिप्पणी । गरिराख्नु पर्ने ठाउँ छैन । किनकी माधव जी पहिलो चोटिकै अनुसान्धानबाट उहाँ निर्दोष हो भन्ने पुष्टी भैइसकेको छ । सिआइबीले उक्त प्रकरणमा बयान लिएको र निर्दोष सावित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा नै प्रतिवेदन दिएको छ ।’

उहाँलाई सिआइबीले निर्दोष सावित गरेसँगै आफ्नो पनि टेन्सन हटेको जिकिर गर्दै प्रधानमन्त्रीले दाहाले भन्नु भयो, ‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि निकै थियो । केपी ओली प्रधानमन्त्री हुँदा पनि षड्यन्त्र हुने हो कि भन्ने आशंका रहेको थियो । अब त्यो स्थिति रहेन ।’ सरकार निर्दोष नफसुन्, दोषी नछुटुन भन्ने मान्यताका साथ अगाडि बढेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले दोषी जेल गइरहेका र निर्दोषहरू निर्दोषै सावित भएको दाबी गर्नु भएको हो ।

तर सुन तस्करीमा भने धेरै खालका मान्छेहरूको सेटिङ रहेको प्रचण्डको भनाइ छ । सुन तस्करीमा धेरै खालका व्यक्तिहरू संलग्न रहेको बताउनु भएको हो । नेपालमा क्विन्टलका क्विन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि आफ्नो नेतृत्वको सरकारले अनुसन्धान गर्ने काम सुरु गरेको बताउदै प्रधानमन्त्री प्रचण्डले भन्नु भयो, (सुन तस्करी)मा धेरै खालका मान्छेहरूको सेटिङ छ । सेटिङ नभईकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव नै छैन ।’

उक्त सेटिङका मान्छेहरुले ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाई देशको अर्थतन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्ष सहित सरकारले त्यसमाथि अनुसन्धान गर्न थालिएका उहाँको भनाइ छ ।

पछिल्लो समयमा गठन गरिएको समाजवादी मोर्चा निर्वाचनका लागि नभएको पनि स्पष्ट पार्नुु भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा निर्वाचनका लागि गठन नभएको दाबी गर्नु भएको हो । मोर्चा निर्वाचन उन्मुख नभई नयाँ समाजवादी क्रान्तिका लागि भएको दाबी गर्दै प्रचण्डले भन्नु भयो, ‘समाजवादी मोर्चा निर्वाचनका लागि होइन । निर्वाचनका लागि अर्कै मोर्चा बन्छ । यो मोर्चा नयाँ क्रान्ति र नयाँ अभियानका लागि मात्रै गठन भएको हो ।

हामी गठवन्धन दलहरुको बिचमा एउटै विचार र उद्देश्यमा केन्द्रित हुनु भने हाम्रो गर्वको विषय हो । पार्टीगत कुनै स्वार्थ छैन । समाजवादी क्रान्तिको लागि एकताबद्ध भएर मात्रै अघि बढ्ने सन्देश दिएको हो ।’ अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा पुरानो एकता नभई नयाँ विचार, दर्शन र सिद्धान्तको आधारमा नयाँ एकता भएको
दाबी समेत गर्नु भयो ।

यसैगरी उक्त कार्यक्रमकै अबशरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको फाइल खोल्दा निष्पक्ष ढंगले खोलिनु पर्ने बताउनु भएको छ ।
समामा जनमासमा आफ्नो भनाई राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भष्टाचारका फाइल खोल्दा निष्पक्ष भएर अघि बढ्न आग्रह गर्नु भएको हो ।

शुक्रबार समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानमा आफूहरूको साथ रहने स्पष्ट पार्दै भन्नु भयो, ‘भ्रष्टाचारका फाइल खोल्नु भएको छ । कुरा मात्र होइन उहाँले (प्रचण्डले) देश विकासका योजना पनि सुनाउनु भएको छ । भ्रष्टाचारी कोही उम्कँदैनन् भनेर प्रतिबद्धता जनाउनु भएको छ । त्यसमा बदलाको भावनाको आधारमा होइन, निष्पक्ष अघि बढ्नुस् । हामी सबैको साथ रहन्छ ।’

देशको सातै प्रदेमा सन्देश सभा गर्नै मोर्चाको निर्णय अनुसार सुक्रबार गण्डीकी प्रदेश पोखरामा कार्यक्रम सम्पन्न गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस