आज:  | Tue, 10, Sep, 2024

हाल सम्म्म देशभरका लम्पी स्किन रोगबाट ५२ हजार भन्दा बढी पशुको मृत्यु

२१ भाद्र २०८०, बिहीबार २०:१० मा प्रकाशित ( १ साल अघि) ६०३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, २१ भदौ

हाल सम्म्म देशभरको तथ्याङक हेर्दा लम्पी स्किन रोगबाट ५२ हजार भन्दा बढी पशुको मृत्यु भईसकेको छ । बिहिवार कृषि तथा पशुपक्षी मन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट हाल सम्म देशभर १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिनु भयो ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको पनि दाबी गर्नु भएको छ । साथै उपचार पछी १३ लाख ८३ हजार पाँच सय ९५ पशुहरुलाई निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताउनु भएको छ ।

यस रोगको सङ्क्रमणबाट अहिलेसम्म देशैभरका ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति भएको बताउनु भएको छ ।

यानिन्त्रकिकरण गर्ने नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ७७ वटै जिल्लामा सञ्चाललित भएको उहाँको भनाइ छ । मन्त्री भुसालले भन्नु भयो, “माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको पनि जानकारी गराउनु भयो ।”

त्यस्तै सांसद दीलेन्द्र प्रसाद बडूले गरेको प्रश्नको जवाफ दिँदै उहाँले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताउनु भयो ।सांसद प्रेम सुवालले नेपालमा कृषि यान्त्रिकिकरण किन हुनसकेको छैन भनी प्रश्न गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस