आज:  | Tue, 08, Oct, 2024

बाँके जिल्लाको शमशेरगञ्जमा बस दुर्घटना हुंदा सात जनाको मृत्यु, ३० घाइते

२३ भाद्र २०८०, शनिबार ०८:१४ मा प्रकाशित ( १ साल अघि) ४६८ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२३ भदौ ।

सुक्रबार राती बाँके जिल्लाको शमशेरगञ्जमा बस दुर्घटना हुंदा सात जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँन पुग्दा सातजनाको मृत्यु भएको हो । साथै उक्त दुर्घटनामा परी ३० जना घाइते भएका छन् ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना.७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकि राखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार बेलुकी करिब ९ बजे ठोक्किएको थियो ।

सडकको छेउमै बिग्रिएर रोकी राखिएको ट्रकसँग बस ठोक्किँदा बसका चालक जुकबहादुर चन्द सहित सात जनाको जनाको मृत्यु भएको बाँकेका प्रहरी कार्यलयले जानकारी दिएको छ । सो घटनामा मृत्यु हुनेमा बसमा सवार ठाकुरबाबा–९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारुको मृत्यु भएको छ। यस्तै ऐ. नगरपालिका–७ का ६५ वर्षीय साधुराम थारुको पनि ज्यान गएको छ।

प्रहरीका अनुसार नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि मृत्यु भएको छ। घाइते भएका हरुको कोहल पुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

उक्त बसमा ४१ जना सवार रहेको बताईएको । बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वाराका उनीहरू दाङबाट बर्दिया जाँदै गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस