आज:  | Wed, 01, May, 2024

केही दिन यता धादिङमा घट्दै गएको डेंगु संक्रमण दर तर आज फेरी सक्रमितको संख्या बढ्यो

२५ भाद्र २०८०, सोमबार १९:५० मा प्रकाशित ( ७ महिना अघि) ५६१ पाठक संख्या
नारी बाटिका


धादिङ,२५ भाद्र ।

केही दिन यता धादिङमा घट्दै गएको डेंगु संक्रमण दर तर आज फेरी सक्रमितको संख्या बडेको छ । आज एकै दिन धादिङका थप ६१ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । सामेबार नीलकण्ठ नगरपालिकाका ४२ जना, ज्वालामुखी गाउँपालिकाका ७ जना, बेनीघाट रोराङका ५ जना, सिद्धलेक गाउँपालिकामा ३ जना, त्रिपुरासुन्दरी, गंगाजमुना, नेत्रावती डबजोङ र खनियावास गाउँपालिकामा १ । १ जना गरी ६१ जनामा डेंगु सक्रमण पृष्टि भएको हो ।

धादिङ स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा डेंगु संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८६६ पुगेको जनाएको छ । जसमा १ हजार ४७८ जना महिला र १ हजार ३८८ जना पुरुष रहेका छन् । जिल्लाका कुल संक्रमित संख्या मध्ये नीलकण्ठ नगरपालिकामा म २ हजार ३८२ जना संक्रमित भएका छन् ।

यसैगरी ज्वालामुखी गाउँपालिकामा ११६ जना, बेनीघाट रोराङ ७४, सिद्धलेकमा ९५, त्रिपुरा सुन्दरीमा ५९, गजुरीमा २९, गंगाजमुनामा २७, खनियाबासमा १७, रुवीभ्यालीमा १७ जना, नेत्रावती डबजोङमा १६ जना, गल्छीमा ११, धुनीबेशीमा ९ जना र थाक्रेमा १ जना संक्रमित भैसकेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस