
नारी बाटिका
धादिङ, २५ भदौ ।
धादिङको धुनिवेशी नगरपालिका ३ मा मानिस मृत अवस्थामा फेला परेको छ । शोमबार धुनिवेशी नगरपालिका ३ मा अं. १ः ३० बजेको समयमा धुनिवेशी चण्डि स्थितमा रहेको त्रिकोटेश्वरी माहादेव मन्दिरको पुजारी ऐ.बस्ने रणदेव पांण्डेको छोरा वर्ष १९ को रिजन पांण्डे यही भदौ २३ गते अं.९ बजेको समयमा घरबाट निस्केका थिए ।
रिजन हालसम्म पनि कसैको सम्पर्कमा नआएपछि स्थानिय वासीहरुले खोजतलास गर्ने क्रममा सोहि मन्दिर पाटिको माथील्लो तलामा मृत अवस्थामा फेला परेको हो ।
उक्त मन्दिरको पाटीमा मानिस मृत अबस्थामा भेटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिवनपुरबाट प्र.स.नि.र ईलाका प्रहरी कार्यलय खानिखोलाबाट प्र.स.नी देवेन्द्र वहादुर शाहको कमाण्डमा मुचुल्का सहितको टोली खटी गएको, थियो ।
साथै घटना स्थलमा लॉश जाँच मुचुल्का लगायतका अनुसन्धानका कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा डिएसपी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस