आज:  | Tue, 07, May, 2024

आज हरितालिका तीज निराहार ब्रत बसी मनाईदै र भोली मञ्चमी पुजा लगाईदै

१ आश्विन २०८०, सोमबार १७:४६ मा प्रकाशित ( ७ महिना अघि) २८५ पाठक संख्या
नारी बाटिका


काठमाडौं, ०१ असोज

आज हरितालिका तीज निराहार ब्रत बसी मनाईदै र  भोली मञ्चमी पुजा लगाईदै  छ । हरेक वर्ष हिन्दु नारीहरूले तिजको ब्रत बसी भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु,अटल सौभाग्यको कामना गर्ने गर्दछन् । त्यस्तै सन्तान नभएका महिलाहरुले सन्तान प्राप्ति होस् , अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँने गर्दछन् ।

सत्तेयुगमा हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पतिका रुपमा पाऊँ भनी पुजापाठ,जप,ध्यान आदीबाट वर्दान पाउन गरेको ब्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दु धर्मदग्रन्थमा उल्लेख गरिएको छ । आफ्ना पिता हिमालय पर्वतले आफ्नो विवाह विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सो स्थानमा नै पार्वतीले निर्जला ब्रत बसेको हुनाले हरितालिका ब्रत भन्ने गरेको धार्मिक मान्यता रहेको छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ । अर्थात् साथीद्वारा हरण गरिएको भन्ने अर्थमा भाद्र शुक्ल तृतीयालाई हरितालिका तीजको रुपमा मनाउने गरिएको धार्मिक मान्यता छ ।

साथै तिजको व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने र भनेको जस्तो श्रीमती पाउने र नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँनु भयो ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास चलिआएको छ ।“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन् । सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम मानिएको छ ।

तिजका दिन नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले अशक्त,र कमजोर अवस्थामा तथा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस व्रतले विशेष गरी मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको महत्व रहेकोे धर्मशास्त्रीहरु बताउछन् ।

अन्य समयमा बसिने व्रतको तुलनामा यस व्रत आत्मावादी र ईश्वरवादी दुवैले लिने गरेका छन्। समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस