आज:  | Mon, 06, May, 2024

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार देखि सुरु

४ आश्विन २०८०, बिहीबार २०:०१ मा प्रकाशित ( ७ महिना अघि) ४२५ पाठक संख्या
नारी बाटिका


काठमाडौं,४ असोज ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहीबार देखि सुरु भएको छ । आज बैठकको पहिलो दिन १० जना केन्द्रिय नेताहरुले आ —आफ्ना धारणा राखेका थिए । आजको बैठकमा ७ प्रदेशका जिल्ला सभापति र तीन केन्द्रीय नेताहरुले बोलेका छन्। ​आज बोल्ने नेताहरूले हाल देशभरका शिक्षकहस्ले गरिरहेका आन्दोलनको विषयमा पार्टीको आधिकारिक धारणा आउनुमा पर्नेमा बताएका छन् ।

केन्द्रीय सदस्य नैनसिंह महरले हाल सरकारले संसदमा पेश गराएको विद्यालय शिक्षा विधेयक अपुरो रहेको केन्द्रीय समिति बैठकमा बताउनु भएको छ । आन्दोलनरत ‘शिक्षककले अघि सारेका मागका विषय र कर्मचारीहरुले राखेका मागका बारेमा पनि बोल्नुपर्ने अवस्था रहेको बताउनु भएको छ।

हाल भैरहेको शिक्षक आन्दोलनको पक्षमा बोल्दै परिवर्तनका लागि लडेका शिक्षकले पनि संविधानलाई मिचेर माग राख्छन् भन्ने मलाई लाग्दैन’, उहाँको भनाई रहेको छ ।
यसैगरी पार्टीका उपसभापति एव्ं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूसँग सरकारले वार्ता थालेको जानकारी गराउनु भएको थियो। उहाँले शिक्षक आन्दोलनको समाधान गर्न सरकार तयार रहेको बताउनु भएको छ ।

यस्तै बैठकमा गण्डकी प्रदेशका कांग्रेस सभापति शुक्रराज शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई केका आधारमा केन्द्रीय सदस्यहरू मनोनीत भइरहेका छन् भनी प्रश्न समेत गर्नु भएको थियो । उहाँले विचार पुर्‍याएर मात्रै केन्द्रीय सदस्य मनोनीत गर्न सभापति देउवालाई ध्यानाकर्षण गराउनु भएको छ । त्येस्तै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बन्दा पार्टीभित्रैबाट असहयोग भएको गुनासो गर्नु भएको छ ।

कोशी प्रदेश सभापति थापाले कोशी प्रदेशसभाको अंकगणितका कारण मात्र सरकार बन्न कठिन भएकाले राजनीतिक निर्णय आवश्यक परेको स्पष्टीकरण दिनु भएको छ । केन्द्रिय समितीको बैठक शुक्रबार बिहान ११ बजेबाट पुनः बस्ने भएकोछ। बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरूले भने भोलि सुक्रबारको बैठकमा धारणा राख्ने भएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस