आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

कर्मचारीहरुद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

२०८० आश्विन ७, आईतबार मा प्रकाशित ( २ साल अघि) ८४१२ पटक पढिएको
नारी बाटिका


धादिङ,७ असोज

कर्मचारीहरुद्धारा एकीकृत निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । कर्मचारीलाई उत्साह हौसला र सुरक्षा गर्ने ऐन निर्माण गर्न दबाव दिदै धादिङको १३ वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् ।

स्थानीय तहमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई उत्साह हौसला र सुरक्षा प्रदान गर्ने ऐन निर्माण गर्न मार्ग दर्शन बन्ने संघीय निजामती सेवा ऐन हाल सम्म पनि सरकारले ल्याउन नसकेको कारण स्थानीय तहमा कार्यरत कर्मचारीहरु ऐन नभएकोले समस्यामा परेको भन्दै संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्न माग गरेका हुन।

निजामती सरकारी सेवामा कार्यरत कर्मचारीहरुले आईतबार धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । स्थानीय तहमा कार्यरत कर्मचारीको भविष्य माथि अन्योलताको स्थिती सृजना भएको भन्दै तत्काल स्थानीय तहमा कार्यरत कर्मचारीहरुको माग सम्बोधन गर्न समेत अनुरोध गरीएको छ ।

सरकारले ल्याएको कर्मचारी समायोजन ऐन २०७५ ले स्थानीय निकायमा कार्यरत कर्मचारीको वृत्ति विकास नहुने भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। कर्मचारी समायोजन ऐनले स्थानीय तहका कर्मचारीहरको मनोवल घटाउने, झन विभेद हुने, लामो समयदेखि करार र ज्यालादारीमा सेवारतको सुरक्षाको प्रत्याभूति नहुने भएकाले आफुहरु आन्दोलनमा लाग्नु परेको जिल्ला संघर्ष समितिका संयोजक प्रकाश दत्त भट्टले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस