आज:  | Thu, 16, May, 2024

आजदेखी काठमाडौँ उपत्यकामा इन्द्रजात्राको रौनक

९ आश्विन २०८०, मंगलवार १६:१६ मा प्रकाशित ( ७ महिना अघि) ३०२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, ९ असोज ।

काठमाडौँ उपत्यकामा आजदेखी इन्द्रजात्राको रौनक सुरु भएको छ । वुधबार देखी हुन गईरहेको (इन्द्रजात्रा)को अवशरमा मंगलबार देखी उपत्यकाभित्र चहलपहल सुरु भएको हो । विशेष गरी नेवारी समुदायले मान्ने (इन्द्रजात्रा)को अवधिमा भोली असोज ११ गतेदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन समेत प्रभावित हुने भएको छ ।

जात्रालाई ब्यवस्थित र सुरक्षित बनाउनको लागी काठमाडौँ महानगरपालिकाका अनुसार असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

यसैगरी असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको आयोजकले जनाइएको छ ।

नेवारी समुदायले हरेक वर्ष काठमाडौं उपत्यकाभित्र मनाईने ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएकोले महानगरले काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक,पर्वका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालाप हिँडेर सञ्चालन गरिने जनाएको छ ।

साथै महानगरपालिकाले तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पु¥याउन समेत सबै समुदायमा महानगरपालिकाले अनुरोध गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस