
बिबियु,नारी वाटीका डट्कम
धादिङ -२५ भदौ ।
उद्योग तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहिबार पदबाट राजीनामा दिएकी छिन्। पछिल्लो समय बजारमा ग्यासको चरम अभाव देखिएपछी सरकारसहित उद्योगमन्त्रीको निकै आलोचना भएको थियो ।
बुधबार मात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले ग्यास आपुर्तिमा आफुलाई व्यवशायीहरुले सहयोग नगरेको,सरकारले ग्यासको व्यवस्थापन गर्ने जिम्मेवारी सबै निजी कम्पनीलाई मात्रै दिएकोले व्यवशायीहरुले सरकारलाई सहयोग नपुर्याएको अभिव्यक्ती दिएकी थिईन् ।
यस्तै मन्त्री यादवले ग्यास भएर पनि अभाव सिर्जना गरी सरकारलाई असयोग गर्ने सबै निजी कम्पनीहरुको लाइसेन्स जफद गरी कम्पनी नै खारेजी गरीदिने बताएकी थिइन् ।
तर मनत्री यादवले आज (बिहीबार) प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।












प्रतिक्रिया दिनुहोस