आज:  | Sun, 19, May, 2024

नेपाली कांग्रेस धादिङले असोज १९ मा प्रथम जिल्ला सम्मेलन गर्दै

९ आश्विन २०८०, मंगलवार १९:२२ मा प्रकाशित ( ७ महिना अघि) ४६८ पाठक संख्या
नारी बाटिका


धादिङ,०९ असोज ।

नेपाली कांग्रेस धादिङले असोज १९ मा प्रथम जिल्ला सम्मेलन गर्ने भएको छ । पहिलो पटक पार्टीले जिल्ला स्तरिय रुपमा आयोजना गर्न लागिएको जिल्ला सम्मेलनमा कार्यक्रमको उचित ब्यवस्थापनका लागी जिम्मेवारी प्रदान गर्न कार्य विभाजन समिति समेत गठन गरेको छ । नेपाली कांग्रेस धादिङले असोज १९ गते सम्पन्न गर्ने प्रथम जिल्ला सम्मेलनको तयारी गर्न मूल आयोजक समिति सहित विभिन्न समितिहरू गठन गरेको हो ।

नेपाली कांग्रेस धादिङका पार्टी सभापति रामनाथ अधिकारीको संयोजकत्वमा मंगलबार प्रथम जिल्ला सम्मेलन मुल आयोजक समिति गठन गरेको हो । जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु दुबै प्रतिनिधी सभा क्षेत्रीय कार्यसमितिका सभापति चार वटै प्रदेश सभा क्षेत्रीय समितिका सभापतिहरु लाई कार्य विभाजन समितीमा राखिएको छ ।

यसैगरी जिल्लाको दुई नगरपालिका कार्यसमिति, ११ गाउँपालिका कार्यसमिति, एक सय चार वटा वडा कार्यसमितिका सभापति, १२ वटा भातृ संस्थाका जिल्ला अध्यक्ष, दश वटा सुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष रहने गरि समिति गठन गरिएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

पार्टीको धादिङ जिल्ला स्तरिय सम्मेलनमा राजनितिक प्रतिवेदन तयारी समितिमा विकास श्रेष्ठ, वद्री अर्याल, नारायण प्रसाद पोख्रेल, मदन कुमार श्रेष्ठ, राजेन्द्र अर्याल, मञ्जु त्रिपाठीलाई राखिएको छ । त्यस्तै आर्थिक प्रतिवेदन तयारी समिति,कार्यक्रम प्रचाप्रसार समिति, जिल्ला सम्मेलन मञ्च तथा कार्यक्रम स्थल व्यवस्थापन समिति लगायतको जिम्मेवारी बाँडफाँड गरी समिती गठन गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस