आज:  | Mon, 29, Apr, 2024

डाक्टरमाथि आक्रमणका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

११ आश्विन २०८०, बिहीबार १७:२५ मा प्रकाशित ( ७ महिना अघि) २११ पाठक संख्या
नारी बाटिका


धादिङ ११ असोज

पछिल्लो समयमा बढिरहेको ड्युटिमा खटिएका डाक्टरहरु माथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानव अधिकार आयोगले सबैमा अनुरोध गरेको छ । आयोगले विहिबार एक विज्ञप्ति प्रकाशित गर्दै केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन लगायतका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरु माथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थाहरुमा भएको तोडफोड प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

चिकित्सकहरुले आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा पर्न गएको असर प्रति पनि गम्भीर ध्यानाकर्षण भएको प्रकाशित विज्ञप्तिमा आयोगले जनाएको हो ।

डाक्टरको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरुले भोग्नु परिरहेको समस्याहरु सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको पनि आयोगले जनाएको छ । आयोगले अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई निर्देशन समे दिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस