आज:  | Mon, 29, Apr, 2024

धादिङबेसीमा संन्चालित तीन किराना तथा खाद्यन्न पसल कारवाहिमा,७५ हजार जरिवाना लिला किराना स्टोरलाई

२० आश्विन २०८०, शनिबार ०७:५४ मा प्रकाशित ( ६ महिना अघि) ११५३ पाठक संख्या
नारी बाटिका


                         तस्वीर स्रोत: संकर श्रेष्ठ

धादिङ,२० असोज ।

निलकण्ठ नगरपालिका धादिङबेसीमा संन्चालित तीन किराना तथा खाद्यन्न पसलहरु अनुगमन टोलीको कार्वाहिमा परेका छन् । चाडपर्वका बेला विशेष गरी ब्यपारीहरुले कालो बजारी गरी सामान बिक्री बितरण हुन सक्ने भन्दै जिल्ला अनुगमन समितिका धादिङले पछिल्लो समय जिल्लामा अनुगमन कार्यलाई तिब्र पारेको छ ।

अनुगमनकै क्रममा धादिङबेसी बजारमा संन्चालित तीन वटा खाद्यन्न तथा किराना पसलहरु कार्वाहिमा परेका हुन् । धादिङबेसी बजारका किराना पसलहरु अनुगमनको क्रममा म्याद नाघेका खाद्यन्न बेच्ने र मापदण्ड विपरित संचालन भएका पसल तथा व्यवसायी कार्वाहिमा परेका हन् ।

कारवाहीमा पर्ने व्यबशायीहरुमा आरवि ईन्टर प्राईजेजलाई रु,५ हजार, भद्रकाली सप्लायर्स लाई ५ हजार र लिला किराना स्टोर लाई रु,७५ हजार जरिवानामा परेका छन् । ब्यवशायीहरुले म्याद सकिएको चामल विक्रिको लागि राख्ने आरवि ईन्टरप्राईजेजलाई ५ हजार र भद्रकाली सप्लार्यसलाई ५ हजार जरिवाना गराईएको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ पराजुलीले बताउनु भयो।

त्यस्तै अनुमति विना कुटानीपिसानी मिल संचालन गरि उत्पदान र प्याकेजिङ गरेको पाईएकोले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ अनुसार लिला किराना स्टोरलाई जरिवाना गराईएको संयोजक पराजुलीले बताउनु भयो । अनुगमन टोलीले म्याद नाघेका चामल, दाल लगायत ६० हजार बराबरको खाद्यन्न जफत समेत गरेको छ ।

पटक पकट ब्यवशायीलाई जानकारी तथा सल्लाह सुझाब दिदा पनि ब्यवशायीहरुले बढी नाफा कमाउने उदेस्यले बेला बखतमा सर्वसाधरणहरुमा म्याद गुज्रेका सामान बिक्री गर्ने,तोकिएको भन्दा बढी मुल्यमा सामान बिक्री बितरण गर्ने गरेको पाईने गर्दछ । विशेष गरी चाडपर्वको समयमा उपभोक्ताहरु ठगिने जोखिम बढी रहन्छ । उपभोक्ताको गुनासो आउने गरेकोले सर्वसाधारणको गुनासालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको अगुवाईमा बजार अनुगमन तीव्र भईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस