आज:  | Mon, 29, Apr, 2024

धादिङमा चाडपर्वलाई लक्षित गरी नागरिक सहायता कक्ष (Citizan Help Desk) स्थापना

२० आश्विन २०८०, शनिबार १७:४६ मा प्रकाशित ( ६ महिना अघि) ६९९ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका संवाददाता

धादिङ,२० असोज ।

जिल्ला प्रहरी कार्यलय धादिङद्धारा चाडपर्वलाई लक्षित गरी नागरिक सहायता कक्ष (Citizan Help Desk) स्थापना गरिरएको छ । जिल्ला धादिङ नीलकण्ठ नगरपालिका वडा नं।३ पुछारवजार स्थित जिल्ला प्रहरी कार्यालय धादिङ र ट्राफिक प्रहरी कार्यालय धादिङबेशीको आयोजनामा आज सो बारेमा जानकारी गराउने उदेस्यले एक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे प्रमुख अतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा यातायत व्यवसायी संघको अध्यक्ष, स्थानीय तहका जनप्रतिनिधीहरु‚ संचारकर्मीहरु लगायत अन्य सरोकारवाला कार्यालय तथा संघसस्थाका प्रमुख एव्ं प्रतिनिधीहरुको उपस्तिथी रहेको थियो ।

नजिकिदै गरेको नेपालीहरुको महान चाड बडादशै‚ दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवतजावत एव् सवारी साधनको चाप बढ्दै जाने हुँदा बसपार्क‚ बजार क्षेत्रका टिकट काउण्टरमा हुने भीडभाड‚ बढी भाडा लिने‚सामानहरु चोरी हुने,हराउने, यात्रु ठगिने जस्ता कार्यलाई नियन्त्रण गर्न र नागरिकहरुको पिरमर्काको तत्काल संवोधन गरी सहयोग पुर्याउने मुख्य उदेस्यले धादिङको विभिन्न स्थानमा यात्रु सहयता कक्ष  (Citizan Help Desk) स्थापना गरिएको हो ।

साथै चाडपर्वका बेला नागरिकलाई हिडडुल गर्दा,सवारी साधान प्रयोग गर्दा तथा सार्वजनिक यातायातमा यात्रा गर्दा कुनै समस्या तथा जोखिम अवस्था आएमा तत्काल नजिकै रहेको स्थानहरको यात्रु सहायता कक्ष (Citizan Help Desk) मा सम्पर्क गरी सहयोग लिनको लागी जिल्ला प्रहरी कार्यलय धादिङको मातहत प्रहरी इकाईहरुमा एकै साथ ६ वटा “नागरिक सहायता कक्ष”  निम्न अनुसारको स्थानहरुमा स्थापना गरिएको जिल्ला प्रहरी कार्यलयमा प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भएको छ ।

नागरिक सहायता कक्ष (Citizan Help Desk) स्थापना भएका स्थान, सम्पर्क व्याक्ति र सम्पर्क टेलिफोन नम्वर

  • १० जिल्ला धादिङ नीलकण्ठ न.पा. वडा नं। ३ पुछारबजार प्र.ह. राजन प्रजा मो.न.९८४५८१०९९८
    २० जिल्ला धादिङ गजुरी गा.पा.वडा न.१ गजुरी बजार प्र.स.ह. राजेश सेढाई मो.न. ९८६९२६०५५७०
    ३० जिल्ला धादिङ धुनिबेशी न.पा. वड. न। ८ स्थित नौविसे बजार प्र.स.नि.सन्जिव यादव मो.न. ९८४९१३८०६०
    ४० जिल्ला धादिङ गल्छी गा.पा. वडा न. ७ स्थित गल्छी चोक प्र.स.नि. रामशरण बस्नेत मो.न.९८५१२९६९०५
    ५० जिल्ला धादिङ बेनिघाट रोराङ वडा प्र.ब.ह. सुरेश कुमार कुशवाल मो. न.९८४५२२५१५०
    ६० जिल्ला धादिङ थाक्रे गा.पा. वडा न। ६ स्थित महादेबबेशी बजार प्र.ब.ह.जितेन्द्र महतो नुनिया मो न. ९८४५३०६१२३

रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस