आज:  | Mon, 29, Apr, 2024

धादिङको चुलिदेवी सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रमम

२१ आश्विन २०८०, आईतवार ०८:०९ मा प्रकाशित ( ६ महिना अघि) २६५ पाठक संख्या
नारी बाटिका


धादिङ,२१ असोज ।

धादिङको चुलिदेवी सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रममा

धादिङको सल्यान्टार स्थित चुलिदेवी सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसरमा ४३ जनाले रक्तदान गरेका छन् । धादिङ जिल्लाको े सल्यान्टार स्थित लामो समयदेखी सहकारीको माध्यमबाट े सल्यान्टार वासीको सेवा गर्दै आईरहेको चुलिदेवी महिला सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसर पारेर आयोजित खुला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटार विशाल बजारमा सम्पन्न रक्तदान कार्यक्रममा १२ जना महिला ३१ जना पुरुष गरि जम्मा ४३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

पछिल्लो समयमा धादिङका धेरै जस्ता संघ संस्थाले आफ्नो वाार्षिक कार्यक्रमहरुमा रक्तदात कार्यलाई महत्वका साथ लिने गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस