आज:  | Fri, 17, May, 2024

बडादशैं नजिकिदै गर्दा गाउँपालिकाले बृद्ध बृद्धालाई दौरा सुरुवाल र गुन्यु चोलो बितरण

२२ आश्विन २०८०, सोमबार १९:१८ मा प्रकाशित ( ७ महिना अघि) ४४५ पाठक संख्या
नारी बाटिका


धादिङ,२२ असोज ।

बडादशैं नजिकिदै गर्दा गाउँपालिकाले बृद्ध बृद्धालाई दौरा सुरुवाल र गुन्यु चोलो बितरण गरेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले जेष्ठ नागरीक सम्मान तथा घर दैलौ स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गर्ने क्रममा वृद्धालाई दौरा सुरुवाल र वृद्धालाई युन्यु चोली बितरण गरेको हो ।

८४ वर्ष भन्दा माथि उमेर समुहका ज्येष्ठ नागरिकहरुलाई गाउँपालिकाले घर–घरमा पुगेर सेवा दिने गरी कार्यक्रम सुरु गरेको गाउँपालिकाले जनाएको छ । पालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाले गाउँपालिका भित्रका १० वटै वडामा गएर जेष्ठ नागरीहरुलाई सम्मान गरिएको शाखा प्रमुख पुजा खनालले बताउनु भयो ।

नजिकिदै गरेको दशैलाई लीषत गरी ८४ वर्ष भन्दा माथि उमेर समुहका बृद्धहरुलाई दौरा सुरुवाल र बृद्धा नागरिकलाई गुन्यु चोलो दिएर सम्मान गरिएको खनालले बताउनु भयो । त्यसैगरी हिड्न नसक्ने, स्वास्थ्य संस्था सम्म पुग्न नसक्ने जेष्ठ नागरीक तथा असक्तहरुको लागि घरमै गएर स्वास्थ्य परिक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यसैगरी नागरिकका घर घरमा गएर स्वास्थ्य परिक्षण गर्ने क्रममा प्रेसर, सुगर परिक्षण तथा नसर्ने रोगहरुको पहिचान गरी आवश्यक औषधि तथा परामर्श सेवा प्रदान गरिएको पालिकाले जनाएको हो । घरमै पुगेर स्वास्थयकर्मीले स्वास्थ्य परिक्षण गर्न थालेपछि जेष्ठ नागरिक खुसी भएका छन् ।

३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवशर पारेर सुरु गरिएको जेष्ठ नागरीक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्लई आगामी दिनमा पनि निरन्तरता दिने बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले (बिबेक)ले बताउनु भयो ।

गाउँमा गएर जेष्ठ नागरिकहरुलाई सम्मानको साथै स्वास्थ्य परिक्षण गर्दा जेष्ठ नागरिकहरु खुसि हुनु भएको गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

स्थानिय सरकार जनताको सेवामा तल्लिानछ भन्ने सन्देश दिन आफुहरुले काम गरीरहेको भन्दै श्रेष्ठले पालिका भित्रका जेष्ठ नागरिकहरुको समस्यामा पालिकाले काम गर्ने समेत बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस