आज:  | Sun, 19, May, 2024

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

२३ आश्विन २०८०, मंगलवार ०९:२८ मा प्रकाशित ( ७ महिना अघि) ३५७ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२३ असोज ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । आज मध्यान्ह १२ बजे संसद् भवन नयाँबानेश्वरमा बस्न लागिएको संसदीय दलको बैठकमा पार्टीको समसामयीक विषयमा छलफल गरिने भएको छ ।

साथै पार्टी स्रोतका अनुसार संसदमा दर्ता भएका विद्यालय शिक्षा विधेयक र विद्युत विधेयकबारे पार्टीको आधिकारिक धारणा बनाउन बैठक बलाइएको जनाइएको छ । तत्कालिन रुपमा बिवादित बनी नेपालको शिक्षा क्षेत्रमा ल्याइएको विद्यालय शिक्षा ऐनले पछिल्लो समयमा निकै समस्या तथा विभेदपुर्ण बनेको उक्त शिक्षा ऐनका बारेमा विस्तृत रुपमा छलफल गर्नका लागी बैठक बोलाइएको कांग्रेस सचेतक शुसिला थिङले जानकारी दिइन् ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका १० जना निदोष नेपाली नागरिक विद्यार्थीले ज्यान गुमाउनु परेको सार्थ त्यहाँ रहेका नेपाली नागरिकका सुरक्षा र उद्धारका विषम परिस्थितिका बारेमा छलफल हुने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस