आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

झापामा दुर्गा प्रसाईंका पक्षधरले एमाले कार्यकर्ताका गाडी तोडफोड गरियो

२०८० आश्विन २५, बिहिबार मा प्रकाशित ( २ साल अघि) ९८९६ पटक पढिएको
नारी बाटिका


तस्वीर : अनलाईन  साभार

नारी वाटिका संवाददाता

विराटनगर,२५ असोज ।

विहिबार दुर्गा प्रसाईंका पक्षधरहरुले एमाले कार्यकर्ताका गाडी तोडफोड गरेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका पक्षधरहरुले आज झापामा एमाले कार्यकर्ताका गाडी माथि आगजानी तथा तोडफोड गरेका हुन् ।

केही दिनअघि एमालेका कार्यकर्ताहरुले प्रसाईंमाथि काठमाडौंमा गरेको आक्रमणको बदला लिन आज उनीहरूले महेश बस्नेतको एक कार्यक्रममा आक्रमण गरिएको स्रोतको भनाई रहेको छ । झापामा आयोजित एक कार्यक्रममा बस्नेत सहभागी भएका थिए । सोही कार्यक्रममा एमाले कार्यकर्ताको गाडी प्रसाईं र पहिचानवादी समूहले तोडफोड गरेका जनाइएको छ ।

कार्यक्रममा सहभागी हुन झापा पुगेका नेकपा एमालेका नेता बस्नेतका कार्यकर्ताहरु सवार गाडीमा बिहीबार झापाको अर्जुन धारामा ढुंगामुडा प्रहार गरी फुटाइएको हो । एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रम चलिरहेका वेला पार्किङमा राखिएको गाडी फुटाइएको थियो ।

दुर्गा प्रसाईं समर्थकले पहिचानवादी समुहसंग मिलेर राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन स्थलका गाडी तोडफोड गरिदिएका हुन्। साथै उनिहरुले बस्नेत सहभागी कार्यक्रममा अवरोध गर्ने प्रयास समेत गरिएको थियो । गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईंका समर्थक विक्रम सुब्बा पक्राउ परेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस