
नारी बाटिका
नारी वाटिका डट्कम संवाददाता
धादिङ २६ असोज
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ मा कात्तिक ८ गतेदेखी खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा शभदिपावालीको अवशर पारेर हुन लागेको खुल्ला खुल्ला पुरुष भलिबल प्रतियोगिता संगै सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ ।
तमु युवा समाज सिद्धलेक–२ खिर्रेको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा आयोजना गर्न लागिएको कार्यक्रम कात्तिक ८ देखी १० गतेसम्म संन्चालन हुनेछ । साथै खेलसंगै विविधि सांस्कृतिक कार्यक्रम हुने धादिङ भलिबल संघका अध्यक्ष अमृत गुरुङले जानकारी गराएका छन् ।
यस खुल्ला पुरुष भलिबल प्रतियोगितामा भाग लिनको लागि कात्तिक ४ गतेसम्मको मिती र समय निर्धारण गरिएको छ । टिम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । एक टिममा १२ जना खेलाडीहरु मध्य टिम कोच १ जना र १ जना व्यवस्थापक रहने आयोजकले जनाएको छ ।
खेलमा प्रतियोगिताको विजेताले नगद रु,१ लाख,,दोस्रो हुनेले नगद रु,५० हजार,तेस्रो हुनेले नगद रु, ३० हजार रुपैया सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्न आयोजकले जनाएको छ ।
खेलाडीहरुले टिम दर्ताको लागि सम्पर्क नं ९८४८५९००८५, ९८४१०९२२७७, ९८१००२४१९६ र ९८४१६५६६४७,९८५११२१३१४ सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस