
बिबियु,नारी वाटिका डट्कम
धादिङ -८ मंसिर ।
भारतले नेपाललाई १ खर्ब ८४ अर्बको ऋणसहित ५६ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तामा जारी संयुक्त वक्तव्य मार्फत भारतले २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गराउने उल्लेख गरिएको हो।
शोमबार परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरी घोषणा गरेको आर्थिक सहयोगमध्ये भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ३५ अर्ब भारतीय रुपैयाँ अर्थात् ५६ अर्ब नेपाली रुपैयाँ अनुदानका रूपमा उपलब्ध गराइने बताएको छ।
त्यस्तै, सहुलियतपुर्ण रुपमा १ खर्ब १५ अर्ब भारतीय रुपैयाँ अर्थात् सटहीमा १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ लाइन अफ क्रेडिट अन्तर्गत उपलब्ध गराउने संयुक्त वक्तव्यमा जानकारी गराएको हो।
यसैगरी,यसअघि पनि भारतसँग नेपालले १ खर्ब भारतीय रुपैयाँ अनुदान र थप १ खर्ब भारतीय रुपैयाँ ऋण सहयोग गराउन माग गरेको थियो। दुइ देशबिचको वार्ताका क्रममा भारतले घोषणा गरेको उक्त उक्त आर्थिक सहयोगले नेपालको पुनर्निर्माण तथा विकास निर्माणका क्षेत्रमा सहयोग पुग्ने अपेक्षा देखिएको छ।












प्रतिक्रिया दिनुहोस