आज:  | Fri, 17, May, 2024

जिल्ला अनुगमनको क्रममा पृथ्वी राजमार्ग अन्तर्रगत गल्छी र महादेववेसीका तीन व्यवशायी कारबाहीमा

२६ आश्विन २०८०, शुक्रबार ०८:४० मा प्रकाशित ( ७ महिना अघि) ५५६ पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ,२६ असोज ।

केही समयदेखी जिल्लामा तिब्रगतिमा भईरहेको जिल्ला अनुगमनको क्रममा पृथ्वी राजमार्ग अन्तर्रगत गल्छी र महादवेसी क्षेत्रका तीन व्यवशायीहरु कारबाहीमा परेका छन् । विशेष गरी चाडपर्वका समयमा हुने गरेका कालोबजारीलाई रोक्नका लागी जिल्ला प्रशासन कार्यलय धादिङको नेतृत्वमा भैरहेको अनुगमनको सिलसिलामा विहिबार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको केही पसल तथा व्यवशायीहरु कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेहरुमा गल्छी र महोवदेसी क्षेत्रका खाद्यान्न सप्लार्यस सहित तीन वटा पसलहरु कारबाहीमा परेका छन् । मापदण्ड विपरित संचालनमा रहेका र यस अघिका अनुगमन समितीले दिएका निर्देशन पालना नगरी अटेर गर्ने खाद्यान्न पसलहरुलाई जिल्ला अनुगमन टोलीले कारबाही गरेको हो ।

अनुगमन टोलीले गल्छी बजारको छाङ्गदेवी इन्टरप्राइजेजलाई २० हजार रुपयाँ, थाक्रे गाउँपालिका–६ स्थित महादेववेसीको सिता इन्टरप्राइजेजलाई २० हजार रुपयाँ र महादेववेसीकै आदित्य फलफुल तथा किराना स्टोरलाई ५ हजार रुपयाँ जरिवाना सहित कारबाहीमा परेका हुन् ।

उनिहरुले यस अघिका निर्देशन पालना नगर्ने र मापदण्ड अनुसार नभएका सप्लार्यस तथा पसलहरुलाई जरिवाना सहित कारबाही गरिएको अनुमगन समितिका संयोजक एवम् धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनु भयो ।

निजहरुलाई पटक पटकको अनुमगनमा सुध्रिन सल्लाह सुझाव दिएपनि नसुध्रिएकाहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ क बमोजिम जरिवाना गरिएको पराजुलीले जानकारी दिनु भयो ।

गल्छीबजारको छाङ्गदेवी इन्टरप्राइजेजको युरिया मलको गोदाममा अनुगमन टोलीले सिलवन्दी समेत गरेको छ । गोदाममा बिलभर्पाई बिनाको ३० बोरा मल भेटिएकोले सिल गरेर एक साताभित्र विलभर्पाई सहित सम्पर्कमा आउन निर्देशन दिइएको अनुगमन टोलीले निर्देशन दिएको छ ।

साथै उक्त गोदाममा अबैध मल हुनसक्ने आशंकामा खरिद विल सहित एक साताभित्र सम्पर्कमा आउन अनुगमन समितिका सदस्य एवं् घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मेघनाथ गौतमले बताउनु भयो । सिता इन्टरप्राइजेजमा भने ठूलो परिमाणमा म्याद गुज्रिएको मधिराजन्य पदार्थ र खाद्यान्न भेटिएकोले कारबाही गरिएको उहाँले बताउनु भयो ।

बजार अनुगमन टोलीले खाद्यन्नसँगै माछा पसल,मासु पसल आदीहरुको पनि अनुगमन गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस