
नारी बाटिका
धादिङ,१२ कात्तिक ।
धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा हुन गैरहेको कृषि प्रदर्शनी तथा ब्यापार मेलाको उद्घाटन केपी शर्मा ओलीले गर्ने भएका छन् । यहि कात्तिक १७ गते देखि २७ गते सम्म सल्यानटारमा आयोजना हुने मेलाको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले गर्ने हुनु भएको हो ।
नेपालका पहाडी जिल्ला मध्यकै पहिलो टार जिल्लाको सल्यानटारमा हुन गैरहेको कृषि प्रदर्शनी तथा ब्यापार मेलाको उद्घाटन गर्न केपी ओली धादिङ सल्यानटार आउने पार्टी स्रोतले जनाएको छ ।
कृषि तथा बहुउदेश्यिय सहकारी संस्थाको आयोजनामा सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला हुन लागेको हो । मेलाको आकर्षको रुपमा स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशनी रहने बताईएको छ ।
मेलामा कृषि कृषिजन्य उत्पादन तथा (स्थानीय कृषि वस्तुको प्रवर्द्धनमा जोड र हरेक दिन स्थानीय तथा राष्टिूय कलाकारहरुबाट बेजोड प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
मेलाकै अवसर पारेर स्थानिय धार्मिक स्थलहरुको अवलोकन गराईने र प्रथम सल्यानटार डान्स आईडल २०८० समेत छनोट गरिने तयारी भैरहेको मेला आयोजकले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस