
नारी बाटिका
धादिङ,२० कात्तिक ।
धादिङको बेनिघाट रोराङ ५ मा बोलेरो गाडी दुर्घटना हुंदा बोलेरो चालक घाईते भई उनका हातका ३ वटा औंला अलग अलग छुट्टीएको छ । आइतबार राती अं.२३ः४० बजेको समयमा धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका ५ टिपिकल भान्छाघर अगाडी पृथ्बि राजमार्गमा चितवनबाट काठ्माण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३(००१ च १६८१ नं.को तरकारी बोक्ने बोलेरो गाडी आफै अनियन्त्रित भई सडकमा पल्टन जाँँदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी बोलेरो चालक चितवन भरतपुर महानगरपालिका २६ क्षेत्रपुर बस्ने बर्ष ३७ को रबिन ढकाल घाईते भई उपचारको लागि राजमार्ग अस्पताल मलेखु पठाएको थियो । घाईते ढकालको दाहिने हातको ३ वटा औला काटिएर अलग भएको थियो भने उनको अबस्था मध्यम रहेको जनाइएको छ ।
साथै ढकालको थप उपचारको लागि चितवन पाठाइएको, गाडी घटना स्थलमा रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस