आज:  | Thu, 09, May, 2024

युनाईटेड सिटी अफ लोकल गभरमेन्ट एशिया प्रशान्त संह अध्यक्षमा भीम प्रसाद ढुंगाना निर्वाचित

३ मंसिर २०८०, आईतवार १२:५० मा प्रकाशित ( ५ महिना अघि) १९१ पाठक संख्या
नारी बाटिका


धादिङ,  मंसिर ।

नेपाल नगर पालिका महासंघका केन्द्रिय अध्यक्ष एव्ं नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना युनाईटेड सिटी अफ लोकल गभरमेन्ट एशिया प्रशान्तको संह अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

चाईनाको ईयु शहरमा सम्पन्न भएको अधिवेशनमा ढुंगाना सह अध्यक्षमा निर्वाचित हुनु भएको हो । नगरपालिका राष्ट्रिय महाँसंघका अध्यक्ष रहनु भएका ढुंगाना विगत ७ वर्षदेखी जनप्रतिनिधिमा चयन भई धादिङको निलकण्ठ नगरपालिकाको मेयरको रुपमा स्थानिय तहमा काम गरि रहनु भएको छ । स्थानिय सरकारका रुपमा काम गर्नको लागी नगरपालिका मेयर उहाँ दोस्रो पटक निर्वाचित हुनु भएको थियो ।

यस्तै नगर महाँसंघको केन्द्रीय अध्यक्ष हुंदै हालै सम्पन्न चाईनाको ईयू शहरमा भएको अधिवेशनले युनाटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्रको सह अध्यक्षमा निर्वाचित हुनु भएको हो । यस समितिको कार्यकाल भने तीन बर्षको हुनेछ । समितीमा एशिया प्रशान्त क्षेत्रका स्थानिय सरकारहरु सदस्यका रुपमा रहेका छन् ।

साथै युनाटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्रको सह अध्यक्षमा निर्वाचित हुनु भएकोमा यस नारी वाटिका टिमको तर्फबाट भीम प्रसाद ढुंगानालाई हार्दिक बधाई तथा सफल कार्यकालको लागी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

सम्पादक
भगवती भण्डारी उप्रेती
तथा
नारी वाटिका टिम

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस