
नारी बाटिका
बर्दिया – ९ मंसिर ।
बर्दियाको तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाले ज्यान गुमाएका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा न. ४ तुलापुरस्थित एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको हो ।
ेहिजो शुक्रबार राति करिब १० बजेको समयमा घरमा आगलागी हुँदा तिन जना बालबालिका सहित चार जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आगलागीमा परी मृत्यु हुनेमा करिब १८ महिनाका बालक कार्तिक चन्द, ७ बर्षिय क्रिस चन्द, १० बर्षिय मानसिङ बुढा र ३२ बर्षिय राधा बुढाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।
स्थानिय वासीले रातिको करिव १० बजेको समयमा आगलागी भएको खबर प्रहरीलाई जानकारी गाएका थिए । आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको प्रहरीले बताएको छ ।
साथै के कसरी आगलागी भयो भन्ने घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस