आज:  | Sat, 27, Apr, 2024

सात दिने धार्मिक महायज्ञबाट २६ लाख २३ हजार रकम संकलन

१० मंसिर २०८०, आईतवार ०७:०४ मा प्रकाशित ( ५ महिना अघि) ३४४ पाठक संख्या
नारी बाटिका


भगवती विवियु

नारी वाटिका संवाददाता

धादिङ-१० मंसिर ।

धादिङको नीलकण्ठ नगरपालिका–९ पालपा भन्ज्याङमा केही समय अगाडी भएको धार्मिक महोत्सवबाट २६ लाख २३ हजार ३ सय १३ रुपैयाँ सङ्कलन भएको शनिबार सार्वजनिक गरिएको छ । आयोजक समितिले पाल्पा भन्ज्याङ्मा पत्रकार सम्मेलन गरी महायज्ञ तथा धार्मिक महोत्सवबाट उल्लेखित रकम सङ्कलन भएको सार्वजनिक गरिएको हो ।

उक्त महायज्ञमा २६ लाख २३ हजार ३ सय १३ रुपैयाँ सङ्कलन भएको छ भने सो धार्मिक कार्यमा १५ लाख ३९ हजार ७ सय ५० रुपैया खर्च भएको पनि आयोजकले जानकारी गराएका छन् । साथै उक्त खर्च कटाई बाकी रहेको १० लाख ८३ हजार ५ सय ६३ रुपैँया भने सिदार्थ बैक, धादिङ शाखामा रहेको समितीको खातामा राखिएको जनाएका छन् ।

यसैगरी उक्त धार्मिक महोत्सव बाट जम्मा भएको रकमले मन्दिर र पार्क निर्माणको लागी सयुक्त खाता खोली बैंक जम्मा गरिएको पनि मनकामना मन्दिर तथा पाल्पा भन्ज्याङ हरियाली शहिद पार्क निर्माण समितीको अध्यक्ष पशुपतिनाथ लम्सालले जानकारी दिनु भयो । उक्त स्थानमा गएको असोज ४ गतेदेखी असोज ११ सम्म सातदिने धार्मिक महोत्सव तथा महायज्ञ संन्चालन गरिएको थियो ।

सहिद पार्क निर्माणका लागी भनि आयोजना गरिएको धार्मिक महोत्सवमा स्थानीयवासी,विविन्न गाउपालिका तथा धार्मिक भत्तजनहरुले दान र चन्दा सहयोग गरेको श्रीमद्द भागवत मुल आयोजक समितिका अध्यक्ष लम्सालले जानकारी दिनु भयो । सामाजिक कार्यको साथसाथै पछिल्लो समयमा नेपालमा विभिन्न विदेशी धर्मले सनातन धर्ममाथी नै आँच आउने गरी नकारात्मक भ्रम फैल्याई रहेको बेला नेपालीको मुल धर्म के हो भनेर नयाँ पुस्ताहरुलाई पनि चिनाउनु पर्ने बताउनु भयो ।

आफ्नो धर्म संस्कार के हो र संस्कार र संस्कृर्तीको दायरामा रहने ब्यत्तीले कहिले पनि नकारात्मक र गलत प्रवृर्तीको सोच राख्न सक्तैन भन्ने मान्यताको साथ हिन्दु धर्मको जगेर्ना गर्दै विभेदमुक्त समतामुलक समाज बनाउने , उठेको रकमबाट मनकमना डाँडामा मनकामना मन्दिर बनाउनुको साथै शहिद पार्क समेत निर्माण गरी आन्तरिक तथा वाह्य धार्मिक पर्यटकिय गन्तब्य स्थल बनाउने उदेस्य राखिएको समितीले जनाएको छ ।

हामीले धर्म,संस्कृति र परम्पराको निरन्तर जगेर्ना गर्दै आउने पुस्तालाइ सस्कार, सस्कृतिको पहिचान गराउने उदेश्यले धार्मिक महोत्सव आयोजना गरिएको समितीका संयोजक लम्शालले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस