आज:  | Mon, 20, Jan, 2025

बन्दसूचीमा परेका व्यक्तिले राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नपाउने

१८ मंसिर २०८०, सोमबार ०७:४८ मा प्रकाशित ( १ साल अघि) १५१३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १८ मंसिर।

बन्दसूचीमा परेका व्यक्तिले राष्ट्रियसभाको निर्वाचनमा उम्मेद्धार हन तथा भाग लिन नपाउने भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका हुन् । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबारका दिन हुँदैछ ।

निर्वाचन आयोगले जानकारी दिए प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरूको उपदफा (१० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउने बारे आईतबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।

उक्त निर्वाचनको लागी पुस २० गते मतदाता नामावली प्रकाशन गर्न आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २० गते सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने जनाइएको छ । प्रकाशित मतदाता नामावली माथि दाबी विरोध लगायत कार्य सोही दिनबाट प्रारम्भ हनेछ ।

साथै पुस २२ गते सम्पन्न हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उम्मेदवारको मनोनयन दर्ता पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । मनोनयन दर्ता पश्चात् उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गतेका दिन हुनेछ ।

राष्ट्रियसभा सदस्यको मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपश्चात् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन अपराह्न २ बजे सम्पन्न हुनेछ । यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते उपलब्ध गराउने कार्यक्रम रहेको आयोगले जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस